७८ लाख मूल्य बराबरका मोबाइल सेटसहित २ जना पक्राउ

  • Technology Khabar | २२ श्रावण २०७८, शुक्रबार
७८ लाख मूल्य बराबरका मोबाइल सेटसहित २ जना पक्राउ
फाइल फोटो

काठमाडौं ।

भन्सार छलेर नवलपरासी जिल्ला भित्र्याउँदै गरेका विभिन्न कम्पनीका रु. ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ।

पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ बाट विभिन्न कम्पनीका ५ सय ९५ थान मोबाइलसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीकाअनुसार दुम्किबासमा बरामद गरिएको मोबाइलको बजार मूल्य करिब रु ७८ लाख पर्दछ ।

प्रदेश ३-०१-०२३ च ५५४४ नम्बरको गाडीलाई ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले बिहिबार राति सुरक्षा जाँच गर्ने क्रममा बिल नभई अवैध रुपमा ल्याएको उक्त मोबाइल फेला पारी बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

भन्सार छलेर मोबाइल ल्याउने गाडी चालक चितवनको भरतपुर महानगरपालिका–८ का अर्जुन ढकाल र भरतपुर–२१ का इन्द्रलाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भन्सार छलेर ल्याइएका मोबाइल आजै भन्सार कार्यालय पठाइने बताईएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २२ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार