आर्थिक समाचार

टीभीएस एनटर्क १२५ को बिक्री नेपाली बजारमा ५० हजार युनिट

टीभीएस एनटर्क १२५ को बिक्री नेपाली बजारमा ५० हजार युनिट
Global IME Bank

‘टीभीएस एनटर्क १२५’ नेपाली बजारमा ५० हजार युनिट बिक्री भएको छ । स्कुटरले नेपाली बजारमा ५० हजार युनिटको बिक्रीको माइलस्टोन पार गरेको हो । स्कुटरले यो बिक्रीको अंक आफ्नो सुरुवातको तीन वर्ष भित्रमा हासिल गर्न सफल भएको हो ।

सन् २०१८ मा टीभीएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा भित्रिएको थियो ।

इन्टरनेशनल बिजनेस टीभीएस मोटर कम्पनीका प्रेसिडेन्ट आर दिलीपले स्मार्ट स्कुटर टीभीएस एनटर्क १२५ ले नेपाली बजारमा ५० हजार बिक्रीको लक्ष्य हासिल गरेकोमा खुसी लागेको बताए । उनले सुधारिएको पूर्वाधार, बहुउपयोगी सवारी साधनहरुको आवश्यकता र सुरक्षित व्यक्तिगत गतिशीलताको लागि बढ्दो मागको कारण स्कुटर नेपालमा एक लोकप्रिय छनोट बन्न सफल भएको बताए । ​टीभीएस एनटर्ककोे आकर्षक एपियरेन्स, कनेक्टेड टेक्नोलोजी र उत्कृष्ट प्रदर्शनले गर्दा बजारमा यसको सफलताको एक पहिचान भएको उनको दावी छ ।

जेएमपीएलका प्रबन्ध निर्देशक शहिल अग्रवालले नेपालका ग्राहकहरुको रोजाइमा टीभीएस एनटर्क १२५ पर्नुमा यसको गुणस्तर नै भएको बताए ।

टीभीएस एनटर्क १२५ ले रेसिङ पे डिग्रीद्वारा समर्थित उत्कृष्ट प्रदर्शन गर्दछ । यस स्कुटरले एक्स्क्ल्युसिभ टीभीएस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गरिएको एक इनोभेटिभ ब्लुटुथ–इनेबल्ड टेक्नोलोजी स्मार्ट कनेक्टलाई आत्मसाथ गरेकाले पनि यो लोकप्रिय बनेको कम्पनीको दावी छ ।

Sajilo Visa
easy care