वनप्लस नर्ड २ स्मार्टफोन विस्फोट हुँदा भारतमा एक प्रयोगकर्ता घाइते

  • Technology Khabar | १८ श्रावण २०७८, सोमबार
वनप्लस नर्ड २ स्मार्टफोन विस्फोट हुँदा भारतमा एक प्रयोगकर्ता घाइते

काठमाडौं ।

भारतमा वनप्लस नर्ड २ स्मार्टफोन विस्फोट हुँदा प्रयोगकर्ता घाइते भएका छन्।

बेंगलुरुका अंकुर शर्मा नामका व्यक्तिले आफ्नी श्रीमतीको नर्ड २ मोबाइल पड्किएको भन्दै पड्किएको फोनको फोटोसहित ट्विटरमा शेयर गरेका हुन्। उक्त पोस्ट अहिले भने हटाइसकिएको छ।

शर्माले उक्त ट्वीट हटाए पनि लेट्सगोडिजिटलले यूरले पोस्ट गरेका आधिकारिक फोटोहरु सेभ गरिसकेकाले उनले शेयर गरेका थिए।

ट्वीट अनुसार उक्त घटनाका कारण शर्माकी श्रीमतीको भने दुर्घटना भएको थियो। उनकी श्रीमती बिहान साइक्लिङ गएकी र अकस्मात उनले बोकेको नर्ड २ बाट धुवाँ निस्केर पड्किन थालेको बताइएको छ।

ट्विटरमा राखिएको फोटो अनुसार शर्माकी श्रीमती साइक्लिङ गर्दै गर्दा नर्ड २ को ब्याट्री पड्किएको प्रस्ट हुन्छ।

पड्किएको फोन पुरै काम नलाग्ने भएको देखिएको छ। यसको पछाडिको भाग पुरै खरानी भएको छ भने भित्रका सामानहरु पनि जलेका देखिन्छन्।

उक्त विस्फोटको यकिन कारण थाहा हुन सकेको छैन। गत जुलाइमा पनि ओपोको ए५३ स्मार्टफोन यूजरको खल्तीमै पड्किएको थियो।

प्रकाशित: १८ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sri Lanka arrests 1,093 foreigners in cybercrime crackdown in 2026

  • Technology Khabar
  • १८ श्रावण २०७८, सोमबार