पोको एक्स३ जीटीमा ६७ वाट फास्ट चार्जर रहने पक्का

  • Technology Khabar | १० श्रावण २०७८, आईतवार
पोको एक्स३ जीटीमा ६७ वाट फास्ट चार्जर रहने पक्का

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीको सहायक ब्रान्ड पोकोले आफ्नो पोको एक्स३ जीटी स्मार्टफोन आउने बुधबार अर्थात् जुलाइ २८ मा सार्वजनिक गर्ने भएको छ।

सार्वजनिक हुने दिन नजिकै आइसक्दा पनि पोकोले यो डिभाइसको स्पेसिफिकेशनका बारेमा आधिकारिक रुपमा धेरै विवरण हरु बाहिर ल्याएको छैन।

तर केही हल्लाहरुका अनुसार यो डिभाइस सम्पूर्ण रुपमा नयाँ डिभाइसन नभएर चिनियाँ भेरियन्टको रेडमी नोट १० प्रोको रिब्रान्डेड भर्सन हुने बुझिएको छ।

केही समयअघि लीक भएको फोटोले पनि यही संकेत गर्दछ।

पछाडिपट्टि ६४ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप रहने यसमा सेल्फीका लागि १६ मेगापिक्सेलको पन्चहोल शूटर राखिएको हुनेछ।

प्रकाशित: १० श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार