भारतीय डिजिटल पेमेन्ट कम्पनी पेटीएमले २.२ अर्ब डलरको शेयर निष्कासन गर्ने

  • Technology Khabar | १ श्रावण २०७८, शुक्रबार
भारतीय डिजिटल पेमेन्ट कम्पनी पेटीएमले २.२ अर्ब डलरको शेयर निष्कासन गर्ने

काठमाडौं ।

सफ्टब्यांक समर्थित भारतीय डिजिटल भुक्तानी स्टार्टअप पेटीएमले प्रारम्भिक सार्वजनिक शेयर(आईपीओ) निश्कासन गर्ने भएको छ ।

कम्पनीले शुक्रवार देशको बजार नियामकलाई पेश गरेको मस्यौदा कागजपत्रअनुसार १६,६०० करोड भारुको शेयर जारी गर्ने उल्लेख गरेको छ।

कम्पनीले आईपीओमा ८,३०० करोड भारुमा बिक्रीको लागी ८,३०० करोड भारुमा गर्ने पेटीएमले भनेको छ । पेटिएमलाई बर्कशायर हाथवे, चीनको एन्ट ग्रुप र जापानको सफ्टब्यांक लगायतका लगानीकर्ताहरूले समर्थन गरेका छन्।

भारतको नोएडा स्थित कम्पनी, जुन वन९७ कम्युनिकेशन्सको स्वामित्वमा रहेको छ, उनले आईपीओको रकम यसको भुक्तानी इकोसिस्टमलाई मजबुत बनाउन, नयाँ व्यापारिक पहल र अधिग्रहणका लागि प्रयोग गर्ने बतायो।

मार्च ३१ मा समाप्त भएको बर्षमा वन९७ ले १,६९६ करोड भारु घाटा भएको जनाएको छ। एजेन्सी

प्रकाशित: १ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार