एप्पलको तेस्रो आर्थिक त्रैमासमा आईफोन ११ र १२ प्रो म्याक्स सर्वाधिक बिक्री

  • Technology Khabar | १ श्रावण २०७८, शुक्रबार
एप्पलको तेस्रो आर्थिक त्रैमासमा आईफोन ११ र १२ प्रो म्याक्स सर्वाधिक बिक्री

काठमाडौं ।

आईफोन ११ तथा १२ प्रो म्याक्स एप्पलको तेस्रो आर्थिक त्रैमासमा सर्वाधिक बिक्री हुनेमा परेका छन्।

हालै कन्जुमर इन्टेलिजेन्स रिसर्च पार्टनर्स नामक अनुसन्धान संस्थाले जारी गरेको रिपोर्टले यस्तो तथ्याङ्क देखाएको हो।

यो रिपोर्टमा अप्रलिदेखि जुनसम्म बिक्री भएका सबै आईफोन भेरियन्टहरु समावेश गरिएको छ। यसमा अप्रिलदेखि जुन महिनाभित्र एप्पलका उत्पादन खरिद गर्ने ५०० जनालाई उत्तरदाता बनाएर सर्वेक्षण गरिएको थियो। यी उत्पादनमा आईफोन, म्याक कम्प्युटर, आईप्याड तथा एप्पल वाच रहेका थिए।

महामारीको बेला लागेको कडाइ हटेपछि एप्पलको आईफोनका महंगा मोडलहरु बिक्री भएको पाइएको छ। यस्तै उपभोक्ताले नयाँ फोन किन्न शुरु गरेपछि एप्पलका अनलाइन तथा अफलाइन स्टोरहरुमा आईफोनको बिक्री दोब्बरजस्तै भएको थियो।

उपभोक्ताले महंगा आईफोन किन्न थालेपछि अमेरिकामा आईफोनको औसत मूल्य बढेर ८६९ डलर पुगेको थियो।

सर्वेक्षण गरिएका मानिसहरुमध्ये आईफोन ११ तथा १२ प्रो म्याक्स किन्ने धेरै भेटिएका थिए भने आईफोन किन्नेहरुमध्ये २३-२३ प्रतिशत थिए।

यसबाहेक अन्य ४ भेरियन्टको समग्र हिस्सा ६३ प्रतिशत थियो। यी दुई बाहेक उक्त त्रैमासमा आईफोन १२ मिनी र आईफोन एक्सआरको व्यापार पनि राम्रै भएको थियो। यी दुवैको उपस्थिति ५-५ प्रतिशत थियो।

उक्त रिपोर्ट अनुसार खरिद गरिएका आईफोनको प्रयोग गर्न मिल्ने समयावधि केही घटेको पाइएको थियो।

यो अवधिमा ३७ प्रतिशत खरिदकर्तासँग २ वर्ष त्यो भन्दा कम समयको अघिल्लो भर्सनको आईफोन थियो भने ३० प्रतिशतसँग ३ वा ४ वर्षअघिका भर्सनहरु थिए। मार्च २०२१ मा १२ महिना पूरा हुँदा यो आँकडा क्रमश: ३५ र ३४ प्रतिशत रहेको थियो।

प्रकाशित: १ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • १ श्रावण २०७८, शुक्रबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • १ श्रावण २०७८, शुक्रबार

NOC from Nagarik App

  • १ श्रावण २०७८, शुक्रबार

E-pension verification system launched

  • १ श्रावण २०७८, शुक्रबार