
काठमाडौं ।
भर्जिन ग्यालेक्टिकले आइतबार सफल अन्तरिक्ष यात्रा पूरा गरेपछि ५० करोड डलरको शेयर बेच्न सक्ने बताएको छ।
एक फाईलिङमा, कम्पनीले उठेको नगद आफ्नो स्पेसशिप फ्लीट र पूर्वाधार विकास गर्नका लागि प्रयोग गर्ने योजना बनाएको उल्लेख गरेकोछ।
आइतवार, भर्जिन ग्यालेक्टिकका अर्बपति संस्थापक सर रिचर्ड ब्रानसन १७ बर्षदेखि विकसित भईरहेको एउटा स्पेसक्राफ्टमा अन्तरिक्षको छेउमा पुगेका थिए।
जमिन छोडेको एक घण्टा भन्दा बढी समयपछि पृथ्वीमा फर्केर उनले यात्रालाई “जीवनकालको अनुभव” भनेका थिए।
यस यात्राले उद्यमीलाई अमेजनका जेफ बेजोस र स्पेसएक्सको इलन मस्कलाई पछाडी पार्दै आफ्नै शटलहरू चलाउन नयाँ अन्तरिक्ष पर्यटन अग्रगामीहरू मध्ये पहिलो बनायो।
सोमबार अमेरिकामा बजार खुल्नु अघि भर्जिन ग्यालेक्टिकमा सेयरहरू करिब ८ प्रतिशतले बढेको थियो। तर तिनीहरू पछि यसको शेयर बिक्री घोषणा भएपछि प्रारम्भिक व्यापार मा १२ प्रतिशत घटेको थियो।
रिचार्ड र उनको भर्जिन ग्रुपले कम्पनीमा हाल २४ प्रतिशत शेयर ओगटेको छ। बीबीसी
प्रकाशित: २९ असार २०७८, मंगलवार