फ्लिपकार्टले तीन वर्षमा आफ्नो पुँजी ३८ अर्ब डलर पुर्याउने

  • Technology Khabar | २९ असार २०७८, मंगलवार
फ्लिपकार्टले तीन वर्षमा आफ्नो पुँजी ३८ अर्ब डलर पुर्याउने

काठमाडौं ।

वालमार्ट इंकको स्वामित्वमा रहेको फ्लिपकार्टले आफ्नो पुँजी आगामी तीन वर्षमा दोब्बर अर्थात् ३८ अर्ब डलर हाराहारी पुर्याउने प्रक्षेपण गरिएको छ।

हालै सफ्टब्याङ्क ग्रुप कर्पले पनि लगानी गरेको र यसै वर्षको अन्त्यमा आईपीओ पनि जारी गर्ने हिसाबले उक्त प्रक्षेपण गरिएको हो।

अमेरिकाको रिटेल जायन्टले फ्लिपकार्टको ७७ प्रतिशत स्टेक सन् २०१८ मा १६ अर्ब डलरमा लिएपछि साना शहरहरुमा सम्म फैलिँदै आएको छ।

त्यसबाहेक फर्निचर तथा ग्रोसरीलगायत थुप्रै सामग्रीहरु आफ्ना स्टोरमा थपेर अमेजन डटकमकै दाँजोमा जान खोजेको छ।

भारतको बेंगलुरुमा मुख्यालय रहेको कम्पनीले सार्वजनिक सूचीकरणका लागि ५० अर्बको मूल्यांकनको योजना बनाएर गत मार्चमा अमेरिकाको एउटा ब्ल्याङ्क चेक संस्थासँग साझेदारीका लागि छलफल गरेको पनि बुझिएको छ।

हालको फ्रेश फन्डिङ राउन्ड लगानीकर्ताहरु जीआईसी, क्यानडा पेन्सन प्लान इन्भेस्टमेन्ट बोर्ड, सफ्टब्याङ्क भिजन फन्ड २ तथा वालमार्टको अगुवाइमा शुरु भएको हो।

चिर प्रतिद्वन्द्वी अमेजनले झैं फ्लिपकार्टले पनि किताबबाट शुरु गरेर स्मार्टफोन, कपडा हुँदै अन्य सामानहरु थप्दै गएको थियो।

हाल उठेको रकम कम्पनीले आफ्नो सञ्चालन विस्तार गर्न तथ कम्पनीको ग्रोसरी, फेशन तथा लास्ट-माइल डेलिभरी प्रोग्राममा लगानी गर्ने फ्लिपकार्टले जनाएको छ।

प्रकाशित: २९ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार