असुसले जुलाइ १५ मा विद्यार्थीहरुका लागि नयाँ उत्पादनको घोषणा गर्ने

  • Technology Khabar | २७ असार २०७८, आईतवार
असुसले जुलाइ १५ मा विद्यार्थीहरुका लागि नयाँ उत्पादनको घोषणा गर्ने

काठमाडौं ।

असुसले आगामी जुलाइ १५ मा ‘थटफुल्ली सिम्पल’ थिममा रहेका उत्पादन सार्वजनिक गर्ने इभेन्ट आयोजना गर्ने भएको छ।

यी उत्पादनहरु विशेषगरी विद्यार्थीहरुका लागि लक्षित हुने बुझिएको छ।

कम्पनीले उक्त इभेन्टमा कुन कुन र के के उत्पादनहरु सार्वजनिक हुनेछन् भन्ने जानकारी दिएको छैन तर कम्पनीद्वारा जारी प्रेस नोटमा यिनीहरु ‘डिजिटल शिक्षालाई प्रजातान्त्रिकरण गर्नका लागि डिजाइन गरिएका’ र यिनीहरु यूजरका जीवनका विभिन्न पाटाहरुसँग आत्मसात् हुने खालका रहेका दावी गरिएको छ।

विद्यार्थीहरुलाई लक्षित गरेर सार्वजनिक हुने नयाँ उत्पादनहरु फ्लिपकार्टमार्फत् मात्र बिक्री हुने बताइएको छ।

कम्पनीले जारी गरेको एउटा टिजर फोटो अनुसार उक्त इभेन्टमा क्रोमबुक र ट्याब्लेटहरु पनि सार्वजनिक हुनेछन्।

इभेन्टका लागि केही दिन बाँकी रहेकाले असुसले उत्पादनबारे अझै केही टिजरमार्फत् यूजरहरुको जिज्ञासा बढाउन सक्ने अपेक्षा गर्न सकिन्छ।

प्रकाशित: २७ असार २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार