शाओमीले १.२ अर्ब डलर ऋण जारी गरेर उठाउने

  • Technology Khabar | २५ असार २०७८, शुक्रबार
शाओमीले १.२ अर्ब डलर ऋण जारी गरेर उठाउने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन शाओमीले ऋण जारी गर्दै करिब १.२ अर्ब अमेरिकी डलर उठाउनेछ जतिबेला अधिकारीहरूले चीनको टेक्नोलोजी जायन्ट कम्पनीहरूबिच अनुसन्धान गरिरहेको छ।

शाओमीले २०३१ मा सकिने गरि ८० करोड डलरको ऋणपत्र जारी गर्ने छ जुन प्रति वर्ष २.८७५ प्रतिशत ब्याजको साथ हुनेछ। त्यसबाट हुने आय एक नियामक फाइलिङ्ग अनुसार “सामान्य कर्पोरेट उद्देश्य” को लागी प्रयोग गरीनेछ।

इलेक्ट्रोनिक्स निर्माताले ४०० मिलियन डलर तथाकथित ग्रीन बन्डहरू प्रति बर्ष ४.१ प्रतिशत कुपनको साथ जारी गर्नेछ। ग्रीन बन्डहरू वातावरणीय परियोजनाहरू समर्थन गर्न पैसा जुटाउन ऋण जारी गरिन्छ। शाओमीले यस आयोजनाले “ग्रीन फाइनान्स फ्रेमवर्क,” वातावरणीय योजना अन्तर्गत योग्य परियोजनाहरुलाई अनुदान दिन उपयोग गर्ने बताएको छ।

विश्वको तेस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी शाओमीले व्यवसाय विश्वव्यापी रूपमा विस्तार गर्न जारी छ र इलेक्ट्रिक वाहन जस्ता नयाँ क्षेत्रहरुमा आफ्नो कदम चाल्ने बारेमा हेरिरहेको छ। मार्चमा, शाओमीले आफ्नै इलेक्ट्रिक कार व्यवसाय सुरु गर्ने छ र आउँदो १० बर्षमा १० अर्ब डलर लगानी गर्ने बताएको थियो।

बेइजिङ्गले टेक्नोलोजी क्षेत्रको छानबिन तीव्र पारेको बेलामा शाओमीको ऋण जारी गरेको छ। पछिल्लो बर्षमा, चीन सरकारले फिनटेकका एन्टिट्रस्ट र डाटा संरक्षणसम्मका क्षेत्रमा धेरै कानून बनाएको छ। एजेन्सी

प्रकाशित: २५ असार २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार