नयाँ विकृत वाईफाई नाम प्रयोग गर्दा आईफोनको फ्याक्ट्री रिसेट गर्नुपर्ने

  • Technology Khabar | २२ असार २०७८, मंगलवार
नयाँ विकृत वाईफाई नाम प्रयोग गर्दा आईफोनको फ्याक्ट्री रिसेट गर्नुपर्ने

काठमाडौं ।

आईओएसमा भेटिएको एउटा बगले वाईफाई हटस्पटलाई नै बिगार्ने भेटिएको छ । जसले एक विकृत एसएसआईडीको साथ आईफोनमा वाईफाई पहुँच असक्षम पारिदिने गर्दछ । र यसलाई सुधार गर्न फ्याक्ट्री रिसेटको आवश्यकता छ।

गएको जुनमा, सुरक्षा अन्वेषक कार्ल सोउले “%p%s%s%s%s%n” नामको व्यक्तिगत वाईफाई हटस्पटले आईओएस उपकरणहरूमा समस्या उत्पन्न गर्ने पत्ता लगाएका थिए । जसमा आईफोनले हटस्पटमा कनेक्ट गर्न सक्दैन, र वास्तवमा केही उदाहरणहरूमा वाईफाई कनेक्टिविटी नै अक्षम गर्‍यो।

जबकि यो समस्यालाई आईओएस भित्र नेटवर्क सेटिंग्स पुन: स्थापित गरेर फिक्स गर्न सकिन्छ र कम्पनीले यसलाई समाधान गरेको छ ।

अब फेरी सोउले एक समान प्रकृतिको नयाँ समस्या पत्ता लगाएका छन् जसले असुरक्षित आईफोन लाई अधिक हानि पुर्‍याउन सक्छ।

आइतवारको एक ट्वीटमा सोउका अनुसार, एसएसआईडी “%secretclub%power” को प्रयोगले आईओएस उपकरणको वाईफाई क्षमताहरू अनेबल गर्न सक्दछ । यसमा नेटवर्क रिसेट गरिएपनि कनेक्टिभिटी पुनर्स्थापित हुनेछ भन्ने कुनै ग्यारेन्टी हुँदैन्।

सोउले परीक्षणको लागि प्रयोग गरिएको आईफोनमा अझै पनि वाईफाई नभएको दाबी गरेका छन् । जसमा नेटवर्क सेटिंग्सको बारम्बार पुनःसेट र आईफोनको जबरजस्ती पुनः सुरु गरेपनि समस्या समाधान भएन्। अन्वेषकले यस विषयमा एप्पलको उपकरण सुरक्षा टोलीलाई पनि सम्पर्क गरेको जानकारी दिएका छन् ।

प्रकाशित: २२ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...