काठमाडौं ।
भारतीय बजारमा गत जुनमा सार्वजनिक भएको ग्यालेक्सी एम३२ अब भने बेलायतमा पनि उपलब्ध हुने भएको छ।
यो डिभाइस बेलायतमा जुलाईको अन्त्यतिर २६९ पाउण्डमा उपलब्ध हुने र यो अमेजन र सामसङका अनलाइन स्टोरहरुमा मात्र पाइने बताइएको छ।
उक्त रकममा पाइने डिभाइस ९० हर्ज रिफ्रेश रेटसहितको ६.४ इन्चको १०८०x२४०० पिक्सेलको एमोलेड स्क्रीन, ६४ मेगापिक्सेलको मुख्यसहित क्वाड क्यामरा सेटअप तथा सेल्फीका लागि २० मेगापिक्सेलको शूटर रहनेछ। साथमा यसलाई पावर दिन २५ वाटको फास्ट चार्जिङ सपोर्टसहितको ५००० एमएएच क्षमताको ब्याट्री रहनेछ।
मिडियाटेकको हिलियो जी८० चिपसेटसहित ६ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज भर्सनमा पाइने यो डिभाइसमा एन्ड्रोइड ११ ओएस र सामसङको यूआई ३.१ कोर उपलब्ध हुनेछ।
भारतमा सार्वजनिक भएको भन्दा बेलायतका लागि उपलब्ध हुने मोडलमा ब्याट्री क्षमता १००० एमएएच घटाइएको छ।
प्रकाशित: २२ असार २०७८, मंगलवार