एम्बुलेन्समा जीपीएस प्रविधि जडान

  • Technology Khabar | १९ असार २०७८, शनिबार
एम्बुलेन्समा जीपीएस प्रविधि जडान

काठमाडौं ।

दोलखामा सञ्चालित एम्बुलेन्सहरूमा स्वास्थ्य कार्यालयले जीपीएस प्रविधि जडान गरिदिएको छ ।

व्यवस्थित एवं पारदर्शीका लागि यहाँ सञ्चालनमा रहेका १८ वटा एम्बुलेन्समा जीपीएस प्रविधि जडान गरिएको कार्यालय प्रमुख अर्जुन पौड्यालले जानकारी दिए।

उनका अनुसार थप तीनवटा एम्बुलेन्समा जीपीएस प्रविधि जडान गर्ने तयारी भइरहेको छ । जीपीएस प्रविधि जडानमा प्रतिएम्बुलेन्स नौ हजार रुपियाँ खर्च भएको छ ।

एम्बुलेन्समा जडान गरिएको डिभाइसमा रहेको सिमले एम्बुलेन्स कहाँ, कुन अवस्थामा र कस्तो गतिमा चलेको छ भन्ने यथार्थ सङ्केत गर्ने जानकारी दिँदै कार्यालय प्रमुख पौड्यालले भने, “प्रयोगकर्ताको नाम र कोड नम्बर राखेपछि यी गतिविधि देखा पर्दछन् । जीपीएस प्रविधि जडानले एम्बुलेन्स दुरुपयोग रोकिने अपेक्षा राखिएको छ ।” गोरखापत्रबाट

प्रकाशित: १९ असार २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • १९ असार २०७८, शनिबार