
काठमाडौं ।
विशेष गरी चीनबाट आयात गरिएको सामग्री र टेक्नोलोजीमा निर्भरता कम गर्ने अभियानसाथ भारतले अब आफ्नै स्थानीय तहमा आधारित ब्याट्री टेक्नोलोजीमा लगानी गर्ने भएको छ। भारतले निकै दबावबिच नयाँ प्रविधिमा लगानी बढाईरहेको छ जसले लिथियमलाई प्रमुख कम्पोनेन्टको साटो एल्युमिनियमको प्रयोग गर्दछ।
भारको सबैभन्दा ठूलो तेल रिफाइनर इण्डियन आयलले इजरायली स्टार्टअप कम्पनी फिलर्गीसँग मिलेर एल्युमिनियम-एयर ब्याट्री विकास गर्न काम शुरु गरेको ब्लूमबर्गले जनाएको छ।
लिथियम उत्पादन गर्न भारतसँग सिमित ससक्त विकल्पहरू मात्र छन् जुन विद्युतीय वाहनमा आवश्यक हुने ब्याट्रीको वर्तमान उत्पादनको लागि मुख्य धातु हो तर यसको पूर्वी जंगलमा बाक्साइटको ठूलो भण्डार छ र यो धातु एल्युमिनियम बनाउन प्रयोग गरिएको थियो।
‘लिथियम मुलुकमा अभाव छ र हामीले प्राकृतिक स्रोतको रूपमा प्रशस्त मात्रामा उपलब्ध हुने तत्वको खोजी गर्न थाल्यौं,’ इण्डियन आयलका अनुसन्धान तथा विकास निर्देशक एसएसभी रामाकुमारले भने।
भारत शीर्ष १० बाक्साइट उत्पादकहरु मध्ये एक हो। अमेरिकी भूगर्भीय सर्वेक्षण अनुसार भारतको खानी मन्त्रालयको अनुमानमा नभेटिएका श्रोतहरू त्यो भन्दा धेरै गुणा हुन सक्छ। यसबाहेक, मुलुकले वर्षौंको अवधिमा एल्युमिनियमको उत्पादनमा ठूलो लगानी गरेको छ र विश्वको दोस्रो ठूलो एल्युमिनियम उत्पादक बन्न पुगेको छ।
एल्युमिनियम-एयरको ब्याट्रीले लिथियम आयन प्रतिद्वन्द्वीलाई अन्य तीन महत्वपूर्ण तरिकामा फाइदा लिन सक्छ, रामकुमारले भने: ‘यो सम्भाव्य रूपमा सस्तो छ, यसको प्रयोग गर्ने गाडीहरूको रेन्ज लामो हुनेछ, र यो सुरक्षित छ।’
एल्युमिनियम-एयरको ब्याट्रीको धेरै कमजोरी भएपनि स्टार्टअप कम्पनीले भने त्यसलाई तत्काल ब्याट्री स्वाइप गर्ने प्रणाली र विधिअनुसार परिवर्तन गर्न सकिने अनुमान गरेको छ । र पुरानो ब्याट्रीलाई फेरी रिसाइकल गर्न सुबिधास्थलमा पुर्याउनेछ।
ब्याट्री स्वाइप गर्न र फेर्नको लागि केबल ३ मिनेटको समय लाग्ने दाबी इण्डियन आयलको छ जसले यसलाई तेल भर्ने समय जस्तै हुने बताएको छ । इण्डियन आयलले आफ्ना अहिलेका इन्धन भर्ने पम्पहरुलाई नै यसमा नेटवर्क बनाउने उपयोग गर्ने योजना लिएको रिपोर्टमा उल्लेख छ ।
ब्लूमबर्ग एनईएफको अनुमानमा सन् २०३५ सम्ममा विश्वले करिब ४० लाख टन ली-आयन ब्याट्री जम्मा गरिसकेको हुनेछ।
प्रकाशित: १९ असार २०७८, शनिबार