
काठमाडौं ।
दक्षिण पूर्वी एशियाली देश भियतनामको सूचना तथा सञ्चार मन्त्रालय (एमआईसी) ले सन् २०२२ मा देशभित्र २ जी र ३ जी प्रविधि बिस्थापित गर्न शुरु गर्ने निर्णय गरेको छ । भियतनामको सरकारले देशभित्र मानिसहरूलाई स्मार्टफोन प्रयोग र डिजिटल समाजको प्रबर्द्धन गर्न प्रोत्साहित गर्न सकिने अपेक्षा राखेको छ।
भियतनामी सरकारले भनेअनुसार यसको नयाँ नीति- सर्कुलर ४३ मा उल्लेख गरिएअनुसार जुलाई १ मा लागु हुनेछ, जसले टर्मिनल उपकरणहरू भियतनाममा बनाइएको वा आयातित मोबाइल सञ्चारका लागि फोरजी टेक्नोलोजीलाई समर्थन गर्ने हुनुपर्ने डिजिटाइम्सले उल्लेख गरेको छ।
जीएफकेकाअनुसार भियतनाममा प्रत्येक वर्ष २ करोड भन्दा बढी मोबाइल फोनहरू बिक्री हुन्छन्, जसमध्ये ६० प्रतिशत स्मार्टफोन हुन्छन र बाँकी ४० प्रतिशत अर्थात ८० लाख युनिटहरू फिचर फोन हुन्।
नयाँ नीतिले फीचर फोनहरूमा प्रभाव पार्नेछ जसले केवल २ जी र ३जी मात्र समर्थन गर्दछ, प्रयोगकर्ताहरूलाई फोरजी वा फाइभजीमा स्विच गर्न दबाब दिनेछ।
हाल भियतनाममा २ करोड ५६ लाख फोन प्रयोग गर्नेहरुसँग २जी।३जी फोनहरु छन्, तिनिहरूको उपकरणहरूको औसत आयु तीन वर्ष हुन्छ, र बिस्तारै बजारबाट बाहिर निस्कन्छ।
भियतनामको दूरसञ्चार प्राधिकरण (एओटी) का अनुसार, गरिब र निकटतम गरिब घरपरिवारलाई फोरजी र ५जी टेक्नोलोजीमा पहुँच पुर्याउन सहयोग गर्ने नीति २०२१-२०२५ मा सार्वजनिक उपयोगिता दूरसञ्चार कार्यक्रमको मस्यौदामा तय गरिएको छ। कार्यक्रम अन्तर्गत, सरकारले देशभर गरीब र निकटतमगरीब घरपरिवारलाई २१ लाख स्मार्टफोनका लागि सहयोग दिनेछ।
सन् २०२४ सेप्टेम्बर देखि एमआईसीले २जी र ३जी प्रविधिहरूको लागि लाइसेन्स विस्तार नगर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: १८ असार २०७८, शुक्रबार