
काठमाडौं ।
नासाको अन्तरिक्षयात्री टवलीमा महिला पाइलटले पनि स्थान पाउनुपर्ने भन्दै आवाज उठाउने मर्करी १३ की पाइलट वाल्ली फंक वेफ बेजोससँगै अन्तरिक्षमा जाने भएकी छिन्।
फंक यसै महिनाको अन्त्यमा हुने अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनको पहिलो मानवयुक्त अन्तरिक्ष यात्रामा आफूसँग सहयात्रीका रुपमा सहभागी हुन लागेको अर्बपति एवं कम्पनीका मालिक जेफ बेजोसले इन्स्टाग्राम मार्फत् जानकारी दिएका छन्।
https://www.instagram.com/tv/CQyQ_asFQEO/?utm_source=ig_embed&ig_rid=5eef97f4-ffe0-446b-b993-a8f8380ca739
फंक सामेल भएपछि जुलाइ २० मा न्यू शेफर्ड नामक मानवयुक्त अन्तरिक्षयानमा यात्रु सङ्ख्या ४ पुग्नेछ। यसमा फंक र बेजोससहित बेजोसका दाजु मार्क र अर्का एन नाम नखुलेका यात्रु रहनेछन्।
ती नाम नखुलेका व्यक्तिले यो यात्राका लागि गत महिना भएको बोलकबोलमा २ करोड ८० लाख डलर तिरेर सिट बुक गरेको बताइएको छ।
बेजोस न्यू शेफर्डको पहिलव उडानमै सहभागी हुनुले यसको सुरक्षाको पाटो निकै सबल रहेको अनुमान लगाउन सकिन्छ।
यो यात्रामा फंकको मानार्थ समावेशीता ब्लू ओरिजिनको भर्खरै उद्घाटन गरिएको अन्तरिक्ष पर्यटन कार्यक्रमप्रतिको सांकेतिक कदम भएको बुझ्न सकिन्छ।
जुलाइ २० अमेरिकाले पहिलोपटक चन्द्रमामा अन्तरिक्षयान अवतरण गराएको मिति हो भने यो अन्तरिक्षयानको नाम न्यू शेफर्ड रहनुमा पहिलो यानमा रहेका अन्तरिक्ष यात्री एलान शेफर्ड भएकाले हो।
प्रकाशित: १८ असार २०७८, शुक्रबार