शाओमी एमआई टीभी ईएस २०२२ सिरिजका विवरण र मूल्य सार्वजनिक

  • Technology Khabar | १४ असार २०७८, सोमबार

काठमाडौं ।

शाओमीले आफ्नो नयाँ एमआई टीभी ईएस २०२२ सिरिजको विवरण तथा मूल्य आधिकारिक रुपमा सार्वजनिक गरेको छ।

यसअघि जुन २८ तारिखमा नयाँ एमआई टीभी ६ सिरिज चीनमा सार्वजनिक गर्ने योजनामा रहेको काम्पनीले यो अर्को नयाँ टीभी सिरिजको विवरण बाहिर ल्याएको हो।

विवरण अनुसार एमआई टीभी ईएस २०२२ को मूल्य लगभग ४ हजार युआन अर्थात् ६२० डलरबाट शुरु हुनेछ। यो टीभीका प्यानलमा मल्टिजोन लोकल डिमिङ प्रविधि रहनेछ भने उच्च ब्राइटनेस तथा उत्कृष्ट रंग संयोजनसहित आउनेछन्।  

यसका साथै एमआई टीभी ईएस २०२२ सिरिज पातलो बडी र फुल स्क्रीनसहितको हुनेछ। यसमा रहेको शक्तिशाली बिल्ट इन स्पीकरले मल्टिमिडिया अनुभव गराउने कम्पनीको दावी छ। यसमा ह्याण्ड्स फ्री माइक्रोफोन पनि राखिएको छ।

यी टीभीहरुले शाओमी इकोसिस्टममा राम्ररी काम गर्ने तथा नीलो प्रकाश कम फालेर आँखालाई सुरक्षित राख्ने प्रमाणपत्र पनि पाएका छन्। यिनीहरु ५५, ६५ र ७५ इन्चको आकारमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रकाशित: १४ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार