
काठमाडौं ।
अमेजन र गुगलको वेबसाइटहरूमा नक्कली फाइभ स्टार रिभ्यूको बारेमा बेलायतमा अनुसन्धान भईरहेको छ। नक्कली फाइभ स्टार रिभ्यूले किनमेल गर्नेहरूलाई भ्रममा पार्न सक्ने भन्दै अनुसन्धान गरिएको हो ।
बेलायतको प्रतिस्पर्धा तथा बजार प्राधिकरण (सीएमए)ले कानून पालन गर्ने व्यवसायहरू जसले अमेजन र गुगलमा पनि बिक्री गर्दछन् उनीहरुलाई झूटा सिफारिसहरू प्रयोग गरेर घाटा गराउन सक्ने चिन्ता जाहेर गरेको छ।
अमेजन र गुगल उपभोक्ता कानून भंग गरेकोमा अदालत कारबाहीको सामना गर्न सक्ने बीबीसीले उल्लेख गरेको छ।
दुबै फर्महरूले उनीहरूसँग नक्कली समिक्षा रोक्नको लागि स्रोत र नीतिहरू रहेको बताएका छन्।
गत वर्ष एक प्रारम्भिक अनुसन्धान पछि सीएमएले औपचारिक छानबिन शुरू गरेको छ, जसमा अनलाइन कम्पनीहरूले उपभोक्ताहरूको सुरक्षाको लागि पर्याप्त काम गरिरहेछन् कि छैनन भनेर जाँच गर्नेछ।
कोभिड महामारीको बखत अनलाइन शपिंग बढेको छ किनकि अनावश्यक भनिएका खुद्रा विक्रेताहरू लकडाउनको अवधिमा भौतिकरुपमा पसलहरू बन्द गर्न बाध्य भएका छन्।
‘हाम्रो चिन्ता के हो भने करोडौं अनलाइन खरिदकर्ताहरूलाई नक्कली समीक्षा पढेर भ्रममा पार्न सकिन्छ र त्यस सिफारिसको आधारमा उनीहरूको पैसा खर्च गर्न सकिन्छ,’ सीएमएका प्रमुख कार्यकारी एन्ड्रिया कुसेलीले भनिन्।
प्रकाशित: १३ असार २०७८, आईतवार