Technology Khabar ८ असार २०७८, मंगलवार
काठमाडौं ।
चीनले बैंक र भुक्तानी प्लेटफर्मलाई डिजिटल मुद्रा लेनदेन सपोर्ट गर्नका लागि रोक्न भन्दै क्रिप्टोकरेन्सीमाथिको आफ्नो कारबाही विस्तार गरेको छ ।
त्यो कारबाही सिचुआन प्रान्तमा बिटक्वाइन माइन संचालन बन्द गर्न शुक्रवार दिएको आदेशलाई फलो गर्दछ।
बिटक्वाइनको मूल्य सोमबार १० प्रतिशतले घटेको छ तर मंगलबार एशियाली ट्रेडिंगमा स्थिर भयो।
सोमबार चीनको केन्द्रीय बैंक, पीपुल्स बैंक अफ चाइना (पीबीओसी) ले क्रिप्टो मुद्राको कारोबारमा कडा कारबाही गर्न आह्वान गरेको छ।
‘क्रिप्टोकरेन्सी लेनदेनको लागि ट्रेडिङ्ग, क्लियरिङ्ग र सेटलमेन्ट जस्ता उत्पादन वा सेवाहरू प्रदान नगर्न बैंकहरूलाई भनिएको थियो,’ पीबीओसीले एक विज्ञप्तिमा भन्यो।
चीनको तेस्रो सबैभन्दा ठूलो ऋणदाता, एग्रीकल्चर बैंक अफ चाइनाले पीबीओसीको निर्देशन पछ्याएको छ र ग्राहकहरुलाई क्रिप्टोकरेन्सी माइन तथा लेनदेन सम्बन्धी गैरकानुनी गतिविधिलाई उन्मूलन गर्न कडा परिश्रम गर्ने बताएको छ ।
चीनको हुलाक बचत बैंकले कुनै पनि क्रिप्टोकरेन्सी लेनदेनको सुविधा नभएको बताएको छ ।
वित्तीय टेक्नोलोजी दिग्गज एन्ट समूहको स्वामित्वमा रहेको चिनियाँ मोबाइल र अनलाइन भुक्तानी प्लेटफर्म अलिपेले अवैध क्रिप्टोकरेन्सी लेनदेन पत्ता लगाउन अनुगमन प्रणाली स्थापना गर्ने बताएको छ ।
गत वर्षको तथ्यांकअनुसार हेर्दा चीनले विश्वको करिब ६५ प्रतिशत बिटक्वाइन माइनमा असर गर्दछ ।
प्रकाशित: ८ असार २०७८, मंगलवार