
काठमाडौं ।
गत हप्ता चिनियाँ डिस्प्ले निर्माता भिजनक्सले आफ्नो दोस्रो जेनेरेशनको अन्डर डिस्प्ले क्यामराको झलक प्रस्तुत गरेको थियो।
यो क्यामरा आउँदै गरेको जेडटीईको एक्शन ३० स्मार्टफोनमा उपलब्ध हुने आकलन गरिएको छ। हालै डिजिटल च्याट स्टेशन नामका टिप्स्टरले यस्तो जानकारी बाहिर ल्याएका हुन्।
डिजिटल च्याट स्टेशनले उक्त जानकारी जेडटीईका अध्यक्ष नि फेइले शेयर गरेको भिडियोमार्फत् पाएको बताइएको छ। उक्त भिडियोमा कम्पनीले आउने महिनामा आफ्ना सबै नयाँ उत्पादनहरु सार्वजनिक गर्न उद्यत रहेको सन्देश छ।
यसै वर्षको शुरुवातमा जेडटीईले पन्चहोल डिस्प्लेसहितका एक्शन ३० प्रो तथा एक्शन ३० अल्ट्रा सार्वजनिक गरेको थियो। यसका हिसाबले भ्यानिला एक्शन ३० मा एक्शन २० मा रहेको अन्डर डिस्प्ले क्यामरा रहने बुझिएको छ।
नयाँ जानकारी अनुसार जेडटीई भिजनक्सको इनभी सी प्रो डिस्प्लेसहितको आफ्नो नयाँ फोन घोषणा गर्ने तयारीमा रहेको बुझिएको छ।
प्रकाशित: ७ असार २०७८, सोमबार