शाओमी एमआई६ का अझै २० लाख प्रयोगकर्ता रहेको कम्पनीका सीईओको दावी

  • Technology Khabar | ७ असार २०७८, सोमबार
शाओमी एमआई६ का अझै २० लाख प्रयोगकर्ता रहेको कम्पनीका सीईओको दावी

काठमाडौं ।

सन् २०१७ मा घोषणा गरिएको शाओमीको एमआई ६ स्मार्टफोन एमआईको सबैभन्दा लोकप्रिय फ्ल्यागशिप फोन हो।

गत वर्ष कम्पनीले उक्त फोनको आन्तरिक पार्टपुर्जा र डिजाइन नयाँ बनाएर फेरि सार्वजनिक गर्ने हल्ला चलेको भए पनि वास्तवमा यस्तो भएन। हालै शाओमीका सीईओ लेई जुनले एमआई६ का बारेमा निकै चाखलाग्दो तथ्य बाहिर ल्याएका छन्।

उनले आफ्नो वेबो एकाउन्टमार्फत् अझै पनि विश्वभरमा एमआई६ का एक्टिभ यूजर २१ लाखजना भन्दा बढी रहेको दावी गरेका हुन्। ४ वर्षअघि सार्वजनिक भएको एन्ड्रोइड फोनको यति धेरै यूजर रहनु आफैँमा उल्लेख्य कुरा हो।

यो फोनमा ५.१५ इन्चको फुल एचडी एलसीडी स्क्रीन तथा स्न्यापड्रागन ८३५ चिपसेटका साथमा ६ जीबी र्याम र १२८ जीबीसम्मको आन्तरिक स्टोरेज दिइएको थियो।

पछाडि १२ मेगापिक्सेलकोसहित डुअल क्यामरा तथा अगाडि ८ मेगापिक्सेलको क्यामरा राखिएको थियो।

१८ वाट फास्ट चार्जिङ सपोर्टसहितको ३३५० एमएएच ब्याट्रीयुक्त यो फोनमा पानी र धूलो नछिर्ने प्रकारको थियो। अफ्रिल २०१७ मा सार्वजनिक हुँदा यसमा एन्ड्रोइड ७.१ अपरेटिङ सिस्टम रहेको यसमा पछि एन्ड्रोइड ९ पाइ अपडेट उपलब्ध गराइएको थियो।

प्रकाशित: ७ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार