चिनियाँ अन्तरिक्ष यात्रीहरु चीनको स्पेस स्टेशन कोर मोड्यूलमा प्रवेश गर्न सफल

  • Technology Khabar | ३ असार २०७८, बिहीबार
चिनियाँ अन्तरिक्ष यात्रीहरु चीनको स्पेस स्टेशन कोर मोड्यूलमा प्रवेश गर्न सफल

काठमाडौं ।

चीनको अन्तरिक्ष यान सेन्झोउ १२मार्फत अन्तरिक्षमा गएका तीन चिनियाँ अन्तरिक्ष यात्रीहरु चीनको स्पेस स्टेशन कोर मोड्यूल टिआन्हेभित्र प्रवेश गरेको चाइना म्यान्ड स्पेस एजेन्सी (सीएमएसए) ले जानकारी दिएको छ ।

यसैबिच सो यानले बिहीबार स्पेस स्टेशन कोर मोड्युल टिआन्हेसँग सफलतापूर्वक डक गरेको एजेन्सीले जानकारी दिएको थियो ।

बिहीबार बिहान प्रक्षेपण गरिएको यो स्पेसशिपले कक्षमा प्रवेश गरे पछि अर्बिटल स्थिति सेटिङ्ग पूरा भएको थियो र टिआन्हेको अगाडि रहेको डकिङ्ग पोर्टको साथ एक तिब्र स्वायत्त मिलनबिन्दुमा (autonomous rendezvous ) पुगेको र डकिङ्ग गरेको थियो । यो कार्य अपरान्ह बेईजिङ्ग समयअनुसार ३ः१४ मा भएको थियो जसले कार्गो क्राफ्ट टिआन्जाउ २ का साथ जटिल तीन मोड्युल बनाउनेछ ।

यो सम्पूर्ण प्रक्रिया लगभग ६.५ घण्टा लागेको समाचार एजेन्सी शिन्ह्वाले जनाएको छ ।

प्रकाशित: ३ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...