वर्डप्रेस डटकमको मुख्य कम्पनी अटोम्याटिकले जर्नलिङ एप ‘डे वन’ लाई किन्यो

  • Technology Khabar | १ असार २०७८, मंगलवार
वर्डप्रेस डटकमको मुख्य कम्पनी अटोम्याटिकले जर्नलिङ एप ‘डे वन’ लाई किन्यो

काठमाडौं ।

वर्डप्रेस डटकमको मुख्य कम्पनी अटोम्याटिकले म्याक र एप्पल मोबाइल उपकरणहरूको लागि लोकप्रिय जर्नलिङ एप डे वन (Day One) को अधिग्रहणको साथ यसको अनलाइन लेखन प्लेटफर्मको लाइनअप विस्तार गर्ने भएको छ ।

डे वन एप २०११ को मार्च मा म्याक र आईट्यून्स एप स्टोरमा प्रक्षेपण भएदेखि १ करोड ५० लाख भन्दा बढी पटक डाउनलोड गरिएको छ, जसले प्रयोगकर्ताहरूलाई उनीहरूको विचार साझा गर्न एक निजी स्थान प्रस्ताव गर्ने टेक क्रन्चले उल्लेख गरेको छ ।

त्यस बेलादेखि, यसलाई विभिन्न समीक्षकहरूको प्रशंसाको साथ, एप स्टोर सम्पादकको छनोट अर्थात एप स्टोर इडिटर च्वाइस, एप अफ द इयर र एप्पल डिजाइन पुरस्कारबाट सम्मानित गरिएको छ।

यो खरिद बिक्रीका सर्तहरू सार्वजनिक भने गरिएको छैन्। डे वनलाई बुटस्ट्र्याप गरिएको थियो र यो स्वअनुदानित भएको दश बर्ष भइसकेको थियो।

यसका साथै अटोम्याटिकले अनलाइन लेखन टूलहरूको वृद्धि भइरहेको संग्रहको चाखलाग्दो विस्तार बनाउँदछ, जसमा आज ब्लगिङ्ग प्लेटफर्महरु वर्डप्रेस डटकम र टम्बलर समावेश छ ।

वर्डप्रेस डटकम र टम्बलर सार्वजनिक प्लेटफर्मको रुपमा सक्रिय रहिरहँदा डे वन भने प्राइभेट प्लेटफर्म मात्र प्रदान गर्नेछ । यसले इण्ड टू इण्ड एनक्रिप्सन आफ्नो प्लेटफर्ममा प्रकाशित गरिने सबै जर्नलहरुको लागि उपलब्ध गराउँछ । यसका साथै यसले अधिग्रहणपछि केहि सामग्रीहरु वर्डप्रेस डटकममा पनि शेयर गर्ने सुबिधा दिनेछ भने भविश्यमा डे वनमा समेत प्रकाशित गर्ने सुबिधा दिनेछ । यस बाहेक यसका कन्टेन्टहरु यूट्यूब फेसबुक ट्विटर लगायतमा एकीकृत गर्न सकिनेछ ।

अधिग्रहणपछि पनि डे वनका सिईओ पौल माइन र १२ जनाको टोली कम्पनीमा नै रहनेछ ।

प्रकाशित: १ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...