
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी नैनकला थापालाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले आजै मन्त्रीमण्डल पुर्नगठन गरेर नैनकला थापालाई सूचना प्रविधि तथा सञ्चार मन्त्री बनाएका हुन् ।
प्रधानमन्त्री ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिमण्डलमा हेरफेर गरेकी हुन्।
नैनकला थापा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’की पत्नी हुन् ।
हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगै राखेका थिए । यसअघिको पुर्नगठनमा सञ्चार मन्त्री पार्वत गुरुङलाई उनले हटाएका थिए ।
प्रधानमन्त्री ओलीले ७ मन्त्री र एक राज्यमन्त्री थप गरेर २५ सदस्यीय मन्त्रिपरिषद बनाएका छन् ।
नवनियुक्त मन्त्रीहरुको शपथ आज अपरान्ह ४ बजे शीतल निवासमा हुने कार्यक्रम तय भएको छ ।

*हेडलाइन सम्पादन
प्रकाशित: २७ जेष्ठ २०७८, बिहीबार