टीएसएमसीद्वारा एरिजोनामा चिप कारखाना निर्माण शुरु

  • Technology Khabar | १९ जेष्ठ २०७८, बुधबार
टीएसएमसीद्वारा एरिजोनामा चिप कारखाना निर्माण शुरु

काठमाडौं ।

ताइवान सेमीकन्डक्टर म्यान्युफ्याक्चरिङ्ग कम्पनी लिमिटेड (टीएसएमसी) ले अमेरिकाको एरिजोनामा एउटा कम्प्युटर चिप कारखाना निर्माण शुरु गरेको छ । कम्पनीले यसमा १२ अर्ब डलर खर्च गर्ने योजना बनाएको छ। यसको प्रमुख कार्यकारीले सो निर्माण शुरु गरिएको बारेमा मंगलबार जानकारी दिएका छन् ।

ग्राहक र लगानीकर्ताहरुबिच महामारीको कारण दोस्रो वर्ष पनि अनलाइन आयोजित कम्पनीको वार्षिक टेक्नोलोजी प्रस्तुतीकरणमा बोल्दै, सीईओ सीसीवेईले भने, ‘योजना बनाई रहेको कारखाना २०२५ मा सुरू हुनेछ जहाँ कम्पनीको ५ नानोमिटर उत्पादन टेक्नोलोजी प्रयोग गरेर चिपहरूको बृहत उत्पादन सुरु गर्ने ट्र्याकमा छ।’

टीएसएमसी इन्टेल कर्प र सामसङ इलेक्ट्रोनिक्स कम्पनी लिमिटेड लगायतका धेरै कम्पनीहरु मध्ये एक हुने अपेक्षा गरिएको छ, जसले चिप उद्योगको लागि अन्तिम ५४ बिलियन डलरका लागि प्रतिस्पर्धा गरिरहेको छ। सो रकम गत साता अमेरिकी सिनेटले पास गरेको थियो ।

वेईले भनेअनुसार कम्पनीले आर्टिफिशियल इन्टेलिजेन्स जस्ता एडभान्स एप्लिकेसनहरूको लागि अटोमेकरहरूले प्रयोग गर्नसक्ने गरि प्रमाणित गरिएको यसको ५ नानोमिटर चिपमेकिङ्ग प्रक्रियाको संस्करण विकसित गरेको छ।

तर नयाँ प्रस्तावले वर्तमान चिप अभावलाई कम गर्ने सम्भावना छैन किनभने अहिलेको अभाव कम एडभान्स चिपहरूको हो।

उनले टीएसएमसीको अर्को पुस्ताको ३ नानोमिटर चिपमेकिङ्ग टेक्नोलोजी आउँदो वर्षको दोस्रो अर्धवार्षिकमा ताइवानमा कम्पनीको ‘फेब १८’ कारखानामा भोल्युम उत्पादन सुरु गर्ने ट्र्याकमा रहेको बताएका छन्। एजेन्सी

प्रकाशित: १९ जेष्ठ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार