भारतीय स्टार्टअपहरुलाई थप एक वर्ष कर छुट दिने बजेटमार्फत घोषणा

  • Technology Khabar | १९ माघ २०७७, सोमबार
भारतीय स्टार्टअपहरुलाई थप एक वर्ष कर छुट दिने बजेटमार्फत घोषणा

काठमाडौं ।

भारतको केन्द्र सरकारले आजै सार्वजनिक गरेको वार्षिक बजेटमार्फत भारतीय स्टार्टअपहरुलाई थप एक वर्ष कर छुट (ट्याक्स होलिडे) को सुबिधा दिने घोषणा गरेको छ।

कोरोना महामारीले व्यवसायमा असर पारेको भन्दै भारत सरकारले आगामी मार्च २०२२ सम्म ट्याक्स होलिडे अवधि थप्ने भारतीय वित्त मन्त्री निर्मला सितारमणले घोषणा गरिन्।

यस्तै, भारत सरकारले स्टार्टअपहरुलाई पुँजीगत लाभकर छुटको अवधि पनि थप एक वर्ष बढाएको हो।

भारतीय स्टार्टअपहरुलाई थप एक वर्ष कर छुट दिने बजेटको घोषणालाई भारतीय स्टार्टअप कम्पनीहरुले समेत स्वागत गरेको र यसले देशभित्र थप स्टार्टअपहरुको विकास र वृद्धि गर्ने भारतीय मिडिया रिपोर्टहरुमा उल्लेख छ

डिसेम्बर अन्तिम सातासम्मको तथ्यांकअनुसार भारतमा ४१ हजार हाराहारी स्टार्टअप सरकारी निकायमा दर्ता भएका छन् ।

प्रकाशित: १९ माघ २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches exclusive bundle package for iPhone 18 buyers

  • Technology Khabar
  • १९ माघ २०७७, सोमबार