टेस्लाद्वारा इन-कार क्यामरामार्फत् अटो पाइलट ड्राइभरको अनुगमन गर्न शुरु

  • Technology Khabar | १४ जेष्ठ २०७८, शुक्रबार
टेस्लाद्वारा इन-कार क्यामरामार्फत् अटो पाइलट ड्राइभरको अनुगमन गर्न शुरु

काठमाडौं ।

टेस्लाले आफ्नो मोडल ३ र मोडल वाईमा अटो पाइलट मोडमा गुडिरहँदा यात्रुलाई बाटोमा ध्यान दिन सघाउने उद्देश्यले पछाडि हेर्नेऐनामाथि राखिएको क्यामरामार्फत् निगरानी गर्न थालेको छ।

अहिलेसम्म टेस्लाले कारका ड्राइभरहरुको ध्यान बाटोमा छ कि छैन भनेर टर्क सेन्सर र स्टीरिङ ह्वीलका माध्यमबाट अनुगमन र मापन गर्ने गर्दथ्यो।

यी कुराहरुबाट उसले ड्राइभर सिटमा कोही नभएको महसुस गरेमा विभिन्न चेतावनीका संकेतहरु दिन शुरु गर्दथ्यो।

नियामक तथा सुरक्षा अधिकारीहरुले कारमा ड्राइभर सीटको अझ राम्ररी अनुगमन गर्न माग गरेपछि यो परिवर्तन ल्याइएको हो। टेस्लाका सीईओ इलन मस्कले पनि अटोपाइलट चालु हुँदा ड्राइभर सिटको अनुगमन नहुँदा दुर्घटना भएका मनन् गरिसकेका छन्।

यसअघि भने उनले आफ्ना इन्जिनियरहरुले अझ मजबुत ड्राइभर अनुगमन प्रणाली आवश्यक रहेको सुझाउँदा पत्याएका थिएनन्। त्यतिबेला उनले यो प्रविधि प्रभावकारी नहुने बताएङ्का थिए। जनरल मोटर्स तथा फोर्डले ह्याण्ड्सफ्री ड्राइभिङका बेला यात्रुको ध्यान नहटोस् भनेर क्यामरामा आधारित आइ ट्र्याकिङ सिस्टम सहितका गाडीहरु बेच्ने गरेका छन्।

हालै एक ट्वीटर यूजरले आफ्नो मोडल वाइ गाडीको डेलिभरी लिएको र त्यसमा रहेको अपडेटसहितको नयाँ सुरक्षाका उपायहरुबारे व्याख्या गरेका थिए।

अर्को ट्वीटमा उनले कारको स्टीरिङ ह्वील सेन्सरहरु अझै यथावत रहेको पनि बताएका थिए।

यता २०२१ अगाडि बनेका मोडल एस र एक्समा क्याबिन क्यामरा नभएकाले नयाँ डिजाइन गरिएका गाडीहरु बिस्तारै उपलब्ध हुने बताइएको छ।

प्रकाशित: १४ जेष्ठ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sri Lanka arrests 1,093 foreigners in cybercrime crackdown in 2026

  • Technology Khabar
  • १४ जेष्ठ २०७८, शुक्रबार