क्वालकमको डेभ किटमार्फत् डेभलपरहरुले सस्तोमा विण्डोजमा एआरएम एप परीक्षण गर्न सक्ने

  • Technology Khabar | १२ जेष्ठ २०७८, बुधबार
क्वालकमको डेभ किटमार्फत् डेभलपरहरुले सस्तोमा विण्डोजमा एआरएम एप परीक्षण गर्न सक्ने

काठमाडौं ।

माइक्रोसफ्ट र क्वालकम मिलेर स्न्यापड्रागन डेभलपर किट ल्याउने भएका छन्। यसको मुख्य उद्देश्य डेभलपरहरुलाई एआरएम६४ इन्स्ट्रक्शन सेटका लागि विण्डोज एप अप्टिमाइज गर्न सस्तो र सहज होस् भन्ने हो।

स्न्यापड्रागन डेभलपर किट ८ एनएम स्न्यापड्रागन ७सी प्लेटफर्ममा बनेको जसले सोझै ६० हर्ज सपोर्ट गर्ने क्यूएचडी डिस्प्ले भएको अक्टाकोर काइरो ४६८ प्रोसेसर एक्स१५ एलटीई मोडमसँग प्रतिस्पर्धा गर्नेछ।

स्न्यापड्रागन डेभलपर किट डेभलपरहरुका लागि एआरएममा विण्डोजको परीक्षण गर्न हाल बजारमा पाइने महँगा एआरएम प्रोसेसरयुक्त कन्जुमर नोटबुकका दाँजोमा सस्तो विकल्प सावित हुने कम्पनीको दावी छ।

यो डेभलपर किट यसै गृष्मऋतुमा माइक्रोसफ्ट स्टोरमा उपलब्ध हुने तर हाल यसको मूल्यका बारेमा केही जानकारी नभएको बुझिएको छ।

प्रकाशित: १२ जेष्ठ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

  • Technology Khabar
  • १२ जेष्ठ २०७८, बुधबार