Technology Khabar ११ जेष्ठ २०७८, मंगलवार
काठमाडौं ।
भिडियो शेयरिङ्ग प्लेटफर्म युट्युबले हालै सबै प्रयोगकर्ताहरुलाई इमेल पठाउँदै आफ्नो नयाँ प्रयोगका शर्तहरु परिवर्तन भएको भन्दै जानकारी दिएको हो । कम्पनीले अमेरिकामा सन् २०२० नोभेम्बरमा सोही प्रयोगका शर्तहरु परिवर्तनहरु लागु गरेको छ ।
कम्पनीले आफ्नो सेवा सुबिधाको शर्त र पारदर्शिताको बारेमा जानकारी दिन ईमेल पठाईरहेकोजानकारी दिएको छ ।
युट्युको यो नयाँ शर्तले प्रयोगकर्ताहरुको सेवा प्रयोग र पहुँचमा कुनै फरक नपर्ने कम्पनीले बताएको छ ।
नयाँ शर्तमा फेसियल रिकोग्निसन, मनीटाइजेसनको अधिकार र रोयल्टी भुक्तानी तथा राजस्व भुक्तानीलगायतका विषयहरुमा नयाँ शर्तहरु रहेका छन् ।
जसअन्तरगत प्रयोगकर्ताहरुको अनुमति बिना उनीहरुको व्यक्तिगत डाटा संकलन गर्न नपाईने, युट्युबलाई भिडियोहरुमा मनीटाइजेसनको अधिकार हुने र युट्युबबाट हुने आम्दानीमा अमेरिकी सरकारलाई निश्चित रकम राजस्व तिर्नुपर्ने प्रावधानहरु रहेकाछन् ।
यस बारेमा युट्युबले धमाधम प्रयोगकर्ताहरुलाई इमेल पठाउँदै जानकारी गराईरहेको छ ।
सो इमेलअनुसार कम्पनीले आउँदो जून १ तारिखदेखि नयाँ शर्तहरु अपडेट र लागू गर्ने उल्लेख गरिएको छ ।
त्यसैगरि युट्युब किड्समा पनि नयाँ टर्महरु लागू हुने कम्पनीले जनाएको छ ।
प्रकाशित: ११ जेष्ठ २०७८, मंगलवार