
काठमाडौं ।
अहिलेको जमानामा स्मार्टफोन लतकै रुपमा अगाडि बढिरहेको छ।मानिसहरु बाटोमा हिँड्दा स्मार्टफोन चलाउँदै गर्दा भेरै पटक लडेका र ठोक्किएका उदाहरणहरु टन्नै छन्।
मोबाइल चलाउँदै हिँड्दा हाम्रो ध्यान बाटोमा हुँदैन त्यसैले हामी अरुसँग पनि ठोक्न पुग्छो। उनीहरुपनि मोबाइल चलाउँदै आउने भएकाले विभिन्न अरु घटना पनि हुन सक्छन्।
तर अब यी सब समस्याबाट छुटकारा पाइने भएको छ।
चीनका एक औद्योगिक डिजाइनका विद्यार्थीले हालै यस्तो डिभाइस बनाएका छन् जसले दुवै आँखा मोबाइलमा हुँदा तेस्रो आँखाका रुपमा काम गर्छ।
यसलाई तेस्रो आँखा नाम दिनुको कारण दुवै आँखा मोबाइलमा व्यस्त हुँदा उक्त आँखाले बाटोमा रहेका कुराहरु देख्न मदत गर्छ। उक्त डिभाइस बनाउने मिनबुक पेंगले यसलाई लिएर हिँड्दा दुर्घटनाको डर कम हुने बताएका छन्।
यसलाई प्रयोग गरेर भिडभाडमा पनि च्याट/मेसेज गर्दै हिँड्न सकिने उनको दावी छ।
टाउको झुक्नेबित्तिकै एक्टिभेट हुन्छ
पेंगले बनाएको यो डिभाइस यूजरको टाउको झुक्नेबित्तिकै एक्टिभेट हुन्छ। यसमा पारदर्शी प्लास्टिकको प्रयोग गरिएको छ। यसलाई निधारमा अड्याइन्छ। यसमा लगाइएको सेन्सरले टाउको झुक्नेबित्तिकै अगाडिबाट आउँदै गरेका कुरालाइ स्क्यान गर्न थाल्छ।
अगाडि केही आए अलार्म बज्छ
डिजाइनर पेंगका अनुसार यसमा ब्ल्याक कम्पोनेन्ट भएका कारण आँखाको नानीले झैं काम गर्छ। यसमा लगाइएको सेन्सरले अगाडिबाट आइरहेको वस्तुको दूरी पत्ता लगाएर यूजरलाई थाहा दिन अलार्म बजाइदिन्छ।
प्रकाशित: ९ जेष्ठ २०७८, आईतवार