ताजा समाचार

सिर्जनात्मक कामले हट्छ बालबालिकामा मोबाइलको लत

सिर्जनात्मक कामले हट्छ बालबालिकामा मोबाइलको लत
सांकेतिक तस्बिर
Global IME Bank

कोरोना महामारीको दोस्रो लहरका कारण जारी निषेधाज्ञामा बालबालिकालाई मोबाइल चलाउने लत बसेको हुनसक्छ । बालबालिकाको यस्तो लत हटाउने हो भने आफ्नो पनि बानी सुधार गर्न मनोविद्हरूको सुझाव छ ।

“अभिभावक भने मोबाइल, ल्यापटप चलाउने अनि बालबालिका तथा किशोरकिशोरीलाई नहेर भन्न मिल्छ त ?,” मानसिक रोग विशेषज्ञ डा. तृष्णा घोषले भनिन्, “यो बन्दाबन्दीको अवस्थामा भावनात्मक विचलन र एक्लोपनको मनोभावनाले बालबालिकाको मानसिक अवस्थालाई अझ जटिल बनाइरहेको हुन्छ, आफ्नो बालबालिकासँगै रमाउने र एक समय मोबाइल हेर्न पनि दिनुपर्छ ।”

किशोर अवस्थामा छोराछोरी मोबाइल वा टिभीमा धेरै समय बिताउने, पहिलेभन्दा कम बोल्ने, एकोहोरो हुने, चाँडै रिसाउने गर्छन् । यस्तोे अवस्थामा उनीहरूको मर्म बुझेर साथीजस्तै व्यवहार गर्नुपर्ने पनि उनको सुझाव छ । निषेधाज्ञाको समयमा आफ्ना बालबालिकालाई खाना पकाउने बेला समावेश गरेर हामी आफू र बालबालिकाबीच सुमधुर सम्बन्ध कायम गर्न सकिने जानकारी उनले दिए । विशेष गरी खाना तयार पार्दासँगै राख्छौँ, तब उनीहरूलाई खानाको महत्वबारे थाहा हुन्छ र उनीहरू पत्रुखाना खान कम गर्छन् । त्यसैले खाना पकाउँदा प्रत्येक खानाको महìवबारे बुझाउनु पनि जरुरी रहेको डा घोषको धारणा छ ।

उनले भनिन्, “हामी माटोबाट सङ्क्रमण हुनसक्छ भनेर आफ्नो बच्चालाई माटोमा खेल्न दिँदैनौँ तर माटोमा सङ्क्रमण फैलाउने मात्रै होइन स्वास्थ्यमैत्री ब्याक्टेरिया पनि हुन्छन् जसले बच्चालाई मानसिक र शारीरिक फाइदा पुर्याउँछ । स्वास्थ्यमैत्री ब्याक्टेरियाका कारण माटोमा खेलेका बच्चा बलिया हुन्छन् । ”

बच्चामा रचनात्मक गुण बढाउन माटो र खुला वातावरणमा खेल्न दिनुपर्छ । यसले बच्चाको शरीर राम्रो हुनुका साथै उनीहरूलाई केही अलग र रचनात्मक काम गर्ने शक्ति पनि बढ्ने उनले बताईन् ।

पूर्व बाल्यावस्थाको विकास सम्बन्धमा विद्यावारिधि गर्नुभएका प्राडा निर्मला उप्रेतीले यस्तो मौकामा आमाबुवा र बालबालिकाबीचको सम्बन्ध अझ बढी प्रगाढ बनाउने समय भएको बताईन् ।

“बालबालिकालाई दिनभरि मोबाइल, ल्यापटप दिनुको साटो कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने कुरा सिकाउनुपर्छ । समय बिताउन मोबाइल नै चाहिन्छ भन्ने धारणा गलत हो,” उनले भनिन् । बन्दाबन्दीको समयमा घरको काम सिकाउनुका साथै बारी गमलामा भएका फूल र बोटबिरुवाको नाम सिकाउने, तिनलाई कसरी रोप्ने भन्ने पनि ज्ञान दिन सकिने उनले भनिन् ।

हरेक अभिभावकले आफ्नो आर्थिक तथा सामाजिक हैसियतअनुसारको व्यवहार गर्दै आएका छन् । आफ्नो पारिवारिक अवस्थाअनुसार बालबालिकाका लागि बाघचाल, गट्टा, लुँडो, चेस, क्यारम बोर्ड, पजल गेमजस्ता सामान्य घरभित्र खेल खेल्ने वातावरण मिलाउनुपर्ने प्रा डा उप्रेतीले सुझाव दिईन् । गोरखापत्रबाट

Sajilo Visa
easy care