
काठमाडौं ।
एनएमबि बैंक ग्राहकले अब घरबाटै केवाईसी फाराम भर्न सक्ने भएका छन् । बैंकले नेपालको डिजिटल बैंकिङ्गको वर्तमान अवस्थामा एक सफल प्रयास सृजना गर्न बैंकले अनलाईन केवाईसी अघि सारेको हो । यो सेवाको सुरूवातसँगै ग्राहकले आफ्नो केवाईसी विवरणहरू अनलाईन अपडेट गर्न सक्नेछन् ।
यससँगै ग्राहकले एनएमबि डिजिटल प्लेटफर्महरू (ओम्निच्यानल र सामाजिक सञ्जाल) मार्फत अनलाइन नयाँ खाता खोल्ने, खाता खोलिसकेका ग्राहकले पनि सजिलै यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा अपडेट गर्न सक्दछन् ।
यस नयाँ प्रणालीको साथ, अनलाइन खाताहरू खोल्ने क्रममा ग्राहकले एकपटक आफ्नो व्यक्तिगत पहिचान प्रमाणीकरण गर्न कुनै शाखा रोज्नु पर्नेछ, खाता सक्रिय गर्नका लागि हस्ताक्षर बाहेक कुनै पनि फारम भर्नु पर्ने छैन् ।
‘हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी बैंकिङ्ग कारोवार सहज बनाउनुको साथै सबै प्रकारको म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र कागज विहीन बैंकिङ्ग प्रदान गर्दछ जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गका सदस्यको नाताले वातावरण मैत्री बैंकिङ्ग प्रति प्रतिबद्धता परिपुर्ति गर्नु रहेको छ,’ बैंकले उल्लेख गरेको छ ।
प्रकाशित: ३१ बैशाख २०७८, शुक्रबार