अलिबाबाका संस्थापक ज्याक मा हाङ्गजाउमा रहेको कम्पनी मुख्यालयमा देखिए

  • Technology Khabar | २८ बैशाख २०७८, मंगलवार
अलिबाबाका संस्थापक ज्याक मा हाङ्गजाउमा रहेको कम्पनी मुख्यालयमा देखिए

काठमाडौं ।

अलिबाबा समूहका संस्थापक ज्याक मा नियामक निकायहरुको कडा कारबाहीको बीचमा सार्वजनिक कार्यक्रमहरुबाट बाहिरीएका थिए । ई-वाणिज्य जायन्टको वार्षिक ‘अली डे’ कार्यक्रम जहाँ स्टाफ र परिवारको लागि आयोजना गरिने कार्यक्रम हो, त्यसमा सोमबार आफ्नो हाङ्गजाउ क्याम्पसमा एउटा दूर्लभ भ्रमण गरेको रोयटर्सले जनाएको छ ।

गएको अक्टोबरमा चीनको वित्तीय नियामकर्ताहरूको आलोचना गर्दै शंघाईमा भाषण दिएदेखि अर्बपति मा एकदमै लो प्रोफाइलमा रहँदै आएका छन र यसले कारबाही घटनाहरूको शृंखलालाई निम्त्यायो जुन अलिबाबा सम्बद्ध एन्ट समूहको प्रारम्भिक ३७ अर्ब डलरको सार्वजनिक प्रस्तावलाई नै रोक्न बाध्य भएको थियो ।

सोमबार मा लाई खुला एयर क्याम्पस शटल बसमा देखिएको थियो जसमा अलिबाबाका धेरै अधिकारीहरू समेत उपस्थित थिए। उनी नीलो टी-शर्ट, सेतो ट्राउजर र चिनियाँ शैलीको कपडाको जुत्ता लगाएर उपस्थित भएको बताईएको छ ।

अलिबाबाको अध्यक्ष पद उनले सन् २०१९ मा छोडेको घोषणा गरेका थिए ।

प्रकाशित: २८ बैशाख २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार