नेटफ्लिक्सका एक पूर्व कार्यकारी मनी लन्ड्रिङ्गको केसमा दोषी ठहर

  • Technology Khabar | २० बैशाख २०७८, सोमबार
नेटफ्लिक्सका एक पूर्व कार्यकारी मनी लन्ड्रिङ्गको केसमा दोषी ठहर

काठमाडौं ।

नेटफ्लिक्सका एक पूर्व कार्यकारीलाई कम्पनीसँग कारोबार गर्ने विक्रेताहरूबाट घूस र पछाडीको ढोकाबाट अन्य सुबिधा लिएकोमा दोषी ठहराइएको अमेरिकी न्याय विभाग (डीओजे)ले जनाएको द भर्जले रिपोर्ट गरेको छ।

२०११ देखि २०१४ सम्म नेटफ्लिक्सको सूचना प्रविधि अपरेशनका उपाध्यक्ष रहेका माइकल काइललाई मनी लन्ड्रिङ्ग तथा वायर एण्ड मेल फ्रडको अपराधमा दोषी ठहर्याईयो। डीओजेका अनुसार काइलले कम्पनीमा आफ्नो पदलाई आफ्नो लागि नगद र स्टक फिर्ता लिनका लागि निरन्तर प्रयोग गरेका थिए।

उनले विक्रेताहरूबाट भुक्तानी लुकाएको र र उनले आफ्नो व्यक्तिगत परामर्श कम्पनीतर्फ उनीहरुलाई पठाएको दावी गर्दै नेटफ्लिक्सले काइललाई २०१४ मा मुद्दा दायर गरेको थियो । डीओजेका अनुसार, काइलले ५ लाख डलर भन्दा बढीको घूस स्वीकार गरेका छन्, यसका साथै नेटफ्लिक्सलाई उत्पादन वा सेवाहरू प्रदान गर्ने नौ प्राविधिक कम्पनीहरूको स्टक अप्सन पनि रहेका छन्।

काइलका वकिलले भने सो आरोप अस्वीकार गर्दै उनीहरूले अपील गर्ने योजना रहेको बताएका छन् ।

प्रकाशित: २० बैशाख २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार