‘लिफ्ट’को स्वचालित सवारी उत्पादन गर्ने कम्पनी किन्दै टोयोटा

  • Technology Khabar | १५ बैशाख २०७८, बुधबार

काठमाडौं ।

जापनी अटो जायन्ट टोयोटाको भगिनी संस्थाले लिफ्टको स्वचालित सवारी उत्पादन गर्ने सेगमेन्ट किन्ने भएको छ।

टोयोटाको भगिनी संस्था वोभन प्लानेट होल्डिङ्सले लिफ्टको सेल्फ ड्राइभिङ डिभिजन, लेभल फाइभ ५५ करोड डलरमा किन्ने भएको हो। यसमध्ये २० करोड डलर पहिले नै भुक्तानी दिइसकेको छ।

बाँकी रहेको ३५ करोड डलर आगामी ५ वर्षमा भुक्तानी गर्ने गरी सम्झोता भएको छ। कम्पनीले बर्सेनि १० करोड डलर बचत गर्ने भएकाले अन्तत: राम्रै मुनाफा कमाउने दावी गरेको छ।

टोयोटाले पनि वोभन प्लानेट अन्तर्गत कुनै व्यावसायिक सेवा शुरु गर्दा त्यसका लागि आवश्यक परेमा लिफ्टको फ्लीट डाटा र प्लेटफर्म प्रयोग गर्न सक्नेछ।

यो सम्झोता  यसै वर्षको तेस्रो त्रैमासभित्र टुंगिसक्ने अपेक्षा गरिएको छ। लिफ्टले उबरले जस्तै घाटा ब्यहोर्नु नपरोस् भनेर महंगो स्वचालित सवारी उत्पादन विभाग नै बिक्री गर्न लागेको बुझिएको छ।

गत वर्ष उबरले आफ्नो स्वचालित सवारी उत्पादन परियोजना औरोरालाई बेचेको थियो।

प्रकाशित: १५ बैशाख २०७८, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार