नेपाल बैंकको क्यूआर कोड मार्फत नेपाल वायुसेवा निगमको टिकट खरिद गर्न सकिने

  • Technology Khabar | १३ बैशाख २०७८, सोमबार
नेपाल बैंकको क्यूआर कोड मार्फत नेपाल वायुसेवा निगमको टिकट खरिद गर्न सकिने

काठमाडौं ।

अब डिजिटल भुक्तानी प्रणाली (क्यूआर कोर्ड) मार्फत नेपाल वायुसेवा निगमको टिकट खरिद गर्न सकिने भएको छ ।

निगमले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा क्यूआर स्क्यान प्रणाली आजदेखि सुरु गरेको हो ।

बैंक र निगमबीचको समझदारीपत्रमा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेर र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरे ।

निगमको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहकाबीच निगमका महाप्रवन्धक डिम प्रकाश पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा उक्त सेवाको सुभारम्भ गरेका हुन् ।

यो सहमतिले दुर्गमबाट टिकट काट्न र भुक्तानी गर्न सहज हुने विश्वास लिइएको छ।

प्रकाशित: १३ बैशाख २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार