ताजा समाचार

आइएमई पे एपका नयाँ प्रयोगकर्तालाई गृहप्रवेश अन्तर्गत सयमा सय बोनस

आइएमई पे एपका नयाँ प्रयोगकर्तालाई गृहप्रवेश अन्तर्गत सयमा सय बोनस
Global IME Bank

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृहप्रवेश अफर अन्तर्गत रू. १ सयमा रू. १ सय नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

यो स्किममा सहभागी बन्नका लागि आइएमई पे डाउनलोड गरी आफ्नो मोबाइल नम्बर दर्ता गर्नुपर्नेछ । प्रयोगकर्ताको व्यक्तिगत विवरण (केवासी) फारम भरी कुनै न कुनै माध्यबाट आइएमई पे वालेटमा रू. १ सय जम्मा गर्नुपर्नेछ । त्यसमा तपाइँले रू. १ सय नै बोनस रकम तत्काल प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ।

यसका लागि केवासी फारम भेरिफाइड हुनुपर्नेछ । यसरी तपाईँको ‘आइएमई पे’ मा मौज्दात हुन आउने रकमबाट मोबाइल रिचार्ज, घरयासी प्रयोगमा आउने सेवाहरू जस्तैः पानी, बिजुली, इन्टरनेटको महसुल एवम् सरकारी दस्तुर, टिकट आदिको भुक्तान घरमै बसीबसी आफ्नै मोबाइलबाट गर्नु सक्नुहुनेछ।

यसका अतिरिक्त जुनसुकै स्थलगत क्यूआर कोड स्क्यान मार्फत भुक्तान गर्न सक्नुहुनेछ । यी सवै सेवाका लागि ‘आइएमई पे’ डाउनलोड गर्न अनिवार्य हुने कम्पनीले बताएको छ।

यो योजना२०७८ वैशाख ८ गतेदेखि जेठ ७ गतेसम्म १ महिनासम्म नयाँ प्रयोगकर्ताहरूका लागि मात्र कायम हुनेछ । स्किमलाई व्यवस्थित ढंगले संचालन गरी आम सेवाग्राहीहरूको पहुँचसम्म पुर्याउन कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ।

Sajilo Visa
easy care