ताजा समाचार

शाओमीको पहिलो फोल्डेबल फोन ‘एमआई मिक्स फोल्ड’ एक मिनेटमै ३० हजार यूनिट बिक्री

शाओमीको पहिलो फोल्डेबल फोन ‘एमआई मिक्स फोल्ड’ एक मिनेटमै ३० हजार यूनिट बिक्री
Global IME Bank

शाओमीले पहिलो फोल्डेबल फोन एमआई मिक्स फोल्डको पहिलो फ्ल्यास बिक्री सुरू गर्‍यो र आशा गरेअनुसार सबै उपलब्ध डिभाइसहरु केहि सेकेन्डमा नै सकियो।

एकै मिनेटमा, कम्पनीले ४० करोड चिनियाँ युआनको आय रेकर्ड गर्दै, डिभाइसहरूको सबै रेकर्डहरुलाई धक्का दिएको छ ।

साधारण रुपमा हिसाब गर्दा शाओमीको पहिलो फोल्डेबल फोनको ३० हजार देखि ४० हजार युनिटहरू बीचमा वा प्रति सेकेन्ड ५०० यूनिट बिक्री गरेको देखाउँछ।

शाओमीको एमआई मिक्स फोल्डको ३ संस्करणहरु उपलब्ध थिए  जसमा  १२जीबी र्याम र २५६ जीबी स्टोरेज १२जीबी र्याम र ५१२ जीबी स्टोरेज  तथा १६ जीबी र्याम र ५१२ जीबी स्टोरेज रहेका छन् । यी फोनको बजार मूल्य न्यूनतम ९,९९९ युआन अर्थात करिब २ लाख रुपैयाँबाट शुरु हुन्छ ।

यसमा स्न्यापड्रागन ८८८ चिपसेट, १०८ मेगापिक्सेलको ट्रिपल क्यामरासेटअप, ६.५२ इन्चको एचडीआर १० एमोलेड डिस्प्ले र लिक्विड लेन्ससहितका फिचरहरु छन् । हाल यो फोन चिनियाँ बजारमा मात्र उपलब्ध रहेको छ । एजेन्सीका साथ

Sajilo Visa
easy care