धुम्बाराही तरकारी बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु

  • Technology Khabar | २५ चैत्र २०७७, बुधबार
धुम्बाराही तरकारी बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु

काठमाडौं ।

नबिल बैंकले काठमाडौंको धुम्बाराही तरकारी तथा फलफुल बिक्री केन्द्रमा क्यूआर भुक्तानी सेवा शुरु गरेको छ ।

मङ्गलबार बिहान नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले क्यूआर कोड मार्फत भुक्तानी गरेर क्यूआर भुक्तानी सेवाको शुरुवात गरेका थिए।

यो सेवाको शुरुवातसँगै अब धुम्बराही तरकारी तथा फलफुल केन्द्रमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेट मार्फत सजिलै खरिद गरेको तरकारी वा फलफूलको रकम भुक्तानी गर्न सक्ने भएका छन् ।

नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त भएको र कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरु यो सेवातर्फ आकर्षित भइरहेका बैंकको बुझाइ छ ।

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो ।

अहिले बैंकको साथमा देशभर ३ हजार भन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरु रहेका र यो सङ्ख्या हरेक दिन बढिरहेको बैंकले जनाएको छ ।

प्रकाशित: २५ चैत्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार