
काठमाडौं ।
माइक्रोसफ्टले एक्सबक्स सिरिजको एक्स मिनी रेफ्रिजिरेटर निर्माण गर्ने भएको छ।
माइक्रोसफ्टले अप्रिल २ तारिखमा बेस्ट अफ ट्वीट्स ब्रान्ड ब्राकेट प्रतिस्पर्धामा स्किट्टललाई पराजित गर्यो।
एक्सबक्सका मार्केटिङ डाइरेक्टर आरोन ग्रीनबर्गले अघिल्लो दिन बेस्टअफट्वीट प्रतिस्पर्धा जितेमा माइक्रोसफ्टले एक्सबक्स सिरिजको एक्स मिनी रेफ्रिजिरेटर निर्माण गर्ने वाचा गरेका थिए। यो वाचा अप्रिल १ का दिन गरिएकाले धेरैले यसलाई मजाकका रुपमा लिएको हुन सक्छ।
Ok…here goes. Help @Xbox win this and we’ll put into production this year REAL XBOX SERIES X MINI FRIDGES! Yep, you read that right. Not an April Fools joke. Not clickbait. #Xbox #BestofTweets https://t.co/vm5B0kZht1 pic.twitter.com/A28hWBP3Db
— Aaron Greenberg ????????♂️????U (@aarongreenberg) April 2, 2021
तर ग्रीनबर्गले आधिकारिक रुपमा ट्वीट गरेर यो मजाक नभइ यथार्थ भएको जानकारी दिएकाले छिट्टै नै यझ रेफ्रिजिरेटर बजारमा आउने अपेक्षा गर्न सकिन्छ।
ग्रीनबर्गले ट्विटरको नतिजा प्रकाशित भएपछि वाचा अनुसारको एक्स मिनी रेफ्रिजरिरेटर बन्ने र पहिलो फ्रिज स्किटल्सलाई दिइने बताएका थिए।
माइक्रोसफ्टले गत वर्ष एक्सबक्स सिरिज एक्स रेफ्रिजिरेटर निकालेको थियो जुन एक्सबक्स एक्स सिरिज कन्सोलको आकारबाट प्रभावित थियो।
प्रकाशित: २३ चैत्र २०७७, सोमबार