Technology Khabar १९ चैत्र २०७७, बिहीबार
काठमाडौं ।
नेपाल बैंकले सुर्खेतमा फोन पेको क्यूआर कोड सेवा शुरु गरेको छ। नेपाल बैंक वीरेन्द्रनगर शाखाको आयोजनामा औपचारिक कार्यक्रम गरि कर्णाली प्रदेशमा रहेका बैंकहरु मध्ये सवैभन्दा पहिले नेपाल बैंकले उक्त सेवा शुरु गरेको हो।
बैंकले डिजिटल सुर्खेत महाअभियान अन्तर्गत उक्त सेवा शुरु गरेको हो ।
जसको उद्घाटन नेपाल बैंकका सञ्चालक समिति अध्यक्ष मधु कुमार मरासिनीले गरेका हुन् । उनले कर्णालीको अर्गानिक उत्पादन मह तथा च्याउ खरिद गरि क्यूआर कोड प्रविधिमार्फत रकम भुक्तानी गरेका उक्त सेवाको शुरुवात गरेको हो।
प्रकाशित: १९ चैत्र २०७७, बिहीबार