दूरसञ्चार प्राधिकरणको प्रवक्तामा सन्तोष पाैडेल नियुक्त

  • Technology Khabar | १६ चैत्र २०७७, सोमबार
दूरसञ्चार प्राधिकरणको प्रवक्तामा सन्तोष पाैडेल नियुक्त

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणको प्रवक्तामा सन्तोष पाैडेल नियुक्त भएका छन्।

प्राधिकरणको प्रशासन तथा अनुमतिपत्र महाशाखाका निर्देशकका रुपमा कार्यरत पाैडेल आज प्रवक्तामा नियुक्त भएका हुन्। निर्देशक पौडेल २२ वर्षदेखि प्राधिकरणमा कार्यरत छन् ।

यसअघि मीनप्रसाद अर्याल प्रवक्ताको जिम्मेवारीमा रहेका थिए।

यसैगरी प्राधिकरणले अच्युतानन्द मिश्रलाई आजै सह प्रवक्ताको जिम्मेवारी दिएको छ।

यसै सिलसिलामा प्राधिकरणले केही दिनअघि संस्थाको सूचना अधिकारीको कार्यभार उप निर्देशक सूर्यप्रसाद लामिछानेलाई सुम्पिएको थियो। यसअघि अर्का उप निर्देशक सन्दीप अधिकारीले सूचना अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका थिए।

यो पनि पढ्नुहोस्

सञ्चारमन्त्री गुरुङको गंभिर आरोप- दूरसञ्चार प्राधिकरणले अनुगमनको कामै गर्न सकेन्

प्रकाशित: १६ चैत्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...