२०० मेगापिक्सेलको क्यामरायुक्त स्मार्टफोन ल्याउँदै सामसङ

  • Technology Khabar | ११ चैत्र २०७७, बुधबार

काठमाडौं ।

कोरियाली स्मार्टफोन कम्पनी सामसङले २०० मेगापिक्सेलको क्यामरा भएको स्मार्टफोन ल्याउने तयारी गरिरहेको बुझिएको छ।

हालसम्म स्मार्टफोनहरुमा उपलब्ध १०८ मेगापिक्सेल नै सबैभन्दा धेरै क्षमता भएको क्यामरा हो। तर सामसङको योजनाले मूर्तरुप लिएमा यो कुरा पुरानो हुनेछ।

आज सामसङ एक्जिनोसले ट्विटरमा ‘तपाईँहरु स्मार्टफोनको क्यामराबाट सबैभन्दा बढी के चाहनुहुन्छ?’ भन्ने  स्टाटस पोस्ट गरेको थियो।

यसबाहेक सामसङले एउटा भिडियोमा २०० मेगापिक्सेलको क्यामरा सेन्सरसहित अन्य ५ वटा सेन्सर देखाएको थियो। यसबाट कम्पनीले अब आउँदै गरेको फोनमा ६ वटा अर्थात् हेक्जा क्यामरा सेट अप हुनसक्ने इंगित गरेको छ। साथै उक्त भिडियोमा फ्रन्टमा डुअल क्यामरा भएको पनि देखाइएको थियो।

https://twitter.com/SamsungExynos/status/1373915251855491072?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1373915251855491072%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.gizchina.com%2F2021%2F03%2F22%2Fsamsung-hints-at-200mp-camera-phone-with-6-sensors%2F

यी सबै क्यामराले सामसङको एक्जिनोस चिपमार्फत काम गर्ने बुझिएको छ।

२०० मेगापिक्सेलको क्यामराका फाइदा के हुन्छन्?

यस क्यामराले फोटो बिनिङ प्रविधि प्रयोग गर्नेछ। फोटो बिनिङ प्रविधिमा कम प्रकाश भएको बेला क्यामराले ५० मेगापिक्सेल र आवश्यक परेमा १२.५ मेगापिक्सेलको फोटो खिच्नेछ।

यसबाट कम प्रकाश भएका बेला क्लियर फोटो खिच्न सकिनेछ। यसबाहेक सामसङको २०० मेगापिक्सेलको क्यामरामा डुअल नेटिभ आईएसओ रहने तथा यसले १६के भिडियो आउटपुट सपोर्ट गर्ने र यसमा क्वाड कोर फोकस रहनेछ।

प्रकाशित: ११ चैत्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार