मेगा बैंकको क्यूआर कोड भुक्तानी सेवा गागलफेदी यातायातमा उपलब्ध

  • Technology Khabar | १ चैत्र २०७७, आईतवार
मेगा बैंकको क्यूआर कोड भुक्तानी सेवा गागलफेदी यातायातमा उपलब्ध

काठमाडौं ।

मेगा बैंक नेपालले गागलफेदी यातायात प्राइभेट लिमिटेडद्वारा संचालित यात्रुबाहक बसहरुमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा तिर्ने सेवा सुरु गरेको छ ।

मेगा बैंक र गागलफेदी यातायात प्रालिबीच विशेष समारोहबीच क्यूआर कोडबाट भाडा भुक्तानी व्यवस्थाको शुभारम्भ भएको हो ।

कार्यक्रममा मेगा बैंकका प्रमुख संचालन अधिकृत राजेश शर्माले मेगा बैंकले ‘हलोदेखि हाइड्रोसम्म’ लगानी गर्ने जानकारी दिँदै यातायात, शिक्षा, स्वास्थ्य, कृषि, महिला उद्यमी, घर लगायतका लागि सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी, मेगा बैंकका कार्ड तथा वैकल्पिक च्यानल विभागका प्रमुख विश्व सिंहले क्यूआर प्रणालीबाट भाडा लिँदा समयको बचत, नगद चुहावट नहुने र पारदर्शी हुने बताए ।

गागलफेदी यातायातका अध्यक्ष मधुसुदन केसी (खड्का)ले क्यूआर कोड सुविधाको व्यवस्था गरेकोमा मेगा बैंकलाई विशेष धन्यवाद दिँदै यो भुक्तानी व्यवस्थाको प्रयोगले यातायात संचालक तथा यात्रुहरु दुवैलाई सहज हुने बताए ।

गागलफेदी यातायातले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ सातघट्टेबाट ब्रम्हखेल, डाँछी, थली, जोरपाटी, चाबहिल, गौशाला, ज्ञानेश्वर, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कसम्म सेवा दिँदै आएको छ।

प्रकाशित: १ चैत्र २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार