एनएमबि बैंकको क्यूआर भुक्तानी सेवा बिराटनगरको गुद्री बजारमा सुरु

  • Technology Khabar | २८ फाल्गुन २०७७, शुक्रबार
एनएमबि बैंकको क्यूआर भुक्तानी सेवा बिराटनगरको गुद्री बजारमा सुरु

काठमाडौं ।

एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित सब्जी फलफूल तथा गुद्री बजार, बिराटनगरमा क्यूआर मार्फत नगदरहित भुक्तानी सेवा सुरु गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नगद कम भन्दा कम प्रयोग गर्न आह्वान गदै क्यूआर प्रयोग गरी कागती खरिद गरेर कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सन्तोषी देवी भगतलाई १० लाख महिला उद्यमी सहुलियत कर्जाको स्वीकृती पत्र प्रदान समेत गरे ।

वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नेमा प्रतिबद्ध छौं ।’ प्रमुख कार्यकारी अधिकृत केसीले जानकारी दिए।

प्रकाशित: २८ फाल्गुन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार