गुगलको पिक्सेल ५ए स्मार्टफोन जुन महिनामा आउँदै, के के छन् फिचरहरु?

  • Technology Khabar | २६ फाल्गुन २०७७, बुधबार

काठमाडौं ।

गुगलले नयाँ पिक्सेल स्मार्टफोन सार्वजनिक गर्ने भएको छ। आगामी जुन ११ तारिखमा सार्वजनिक हुने बताइएको उक्त फोनको नाम पिक्सेल ५ए रहनेछ।

यसअघि गुगलको पिक्सेल ४ए गत वर्ष अगस्टमा आधिकारिक रुपमा सार्वजनिक गरिएको थियो। यसै हिसाबले हेर्दा यसको अपग्रेडेड भर्जन अगस्ट महिनाअगावै उपलब्ध हुने आकलन गर्न सकिन्छ।

पिक्सेल ४ए सार्वजनिक हुने मिति पटक पटक सारिएको हल्ला चलेको थियो। यो वर्ष पिक्सेल ५ए का हकमा भने त्यस्तो नहोला भन्ने अपेक्षा गरिएको छ।

एक रिपोर्टका अनुसार पिक्सेल ५ए मा रहेको सेल्फी क्यामराको पन्च होल यसअघिका भर्जनहरुमा भन्दा हल्का सानो साइजको हुने र यो पहिले झैं स्क्रीनको बायाँपट्टी रहनेछ।

यसै गरी पिक्सेल सिरिजकै अर्को स्मार्टफोन पिक्सेल ६ पनि यसै वर्षको अन्त्यतिर बजारमा आउने आकलन गरिएको छ। यसमा सामसङका धेरै फ्ल्यागशिप फोनहरुमा जस्तै सेल्फी क्यामराका लागि स्क्रीनको माथिपट्टी बिच भागमा पन्च होल दिइनेछ।

यसमा फोरके भिडियो खिच्नसक्ने अप्शन उपलब्ध हुनेछ।

प्रकाशित: २६ फाल्गुन २०७७, बुधबार

तपाइको प्रतिक्रिया