एलजीले टीसीएलविरुद्धको पहिलो पेटेन्ट मुद्दा जित्यो

  • Technology Khabar | २६ फाल्गुन २०७७, बुधबार
एलजीले टीसीएलविरुद्धको पहिलो पेटेन्ट मुद्दा जित्यो

काठमाडौं ।

कोरियाको एलजी कम्पनीले सन् २०१९ मा टीसीएलविरुद्ध दर्ता गराएको तीनवटामध्ये पेटेन्ट मुद्दामध्ये एउटा जितेको छ।

मान्हेइम रिजनल कोर्टले स्ट्याण्डर्ड एस्सेन्सियल पेटेन्ट सम्बन्धमा रहेको मुद्दाको फैसला दक्षिण कोरियाली टेक जायन्ट एलजीका पक्षमा सुनाएको हो।

यो मुद्दा सम्पूर्ण रुपमा छिनोफानो भएको भने छैन। यसमा अझै टीसीएलले पुनरावेदन गर्न सक्ने प्रावधान बाँकी नै छ।

एलजीले जर्मन फेडेरल पेटेन्ट कोर्टमा हाल विचाराधीन रहेको मुद्दा खारेज गरेर आफ्नो पेटेन्ट पुन: दिलाइपाउन पनि कोशिस गरिरहेको छ। यसबाहेक उसले टीसीएललाई विना इजाजत आफ्नो प्रविधि प्रयोग गर्नबाट रोक लगाउने काममा पनि जुटिरहेको छ।

यी तीनवटै पेटेन्ट फोरजी मा प्रयोग गरिन्छ। बैद्धिक सम्पत्ति अनुसन्धान संस्था टेकआईपीएमका अनुसार एलजीसँग सन् २०१२ देखि २०१६ सम्मको ५ वर्षका लागि स्ट्याण्डर्ड एसेन्सियल पेटेन्टको अधिकार नीहित थियो।

यसैगरी अर्को अनुसन्धान कम्पनी आईप्लाइटिक्सले पनि एलजीलाई स्ट्याण्डर्ड एसेन्सियल पेटेन्टसम्बन्धी विश्वव्यापी कम्पनीहरुको सूचीमा पाँचाैं नम्बरमा राखेको छ।

‘हामीसँग पेटेन्ट भएका प्रविधिहरु हाम्रो निरन्तरको अनुसन्धान र विकासको प्रतिफल हुन्। यिनीहरुले हाम्रा कर्मचारीहरुलाई सिर्जनशील भएर सोच्न प्रोत्साहन गर्छन्। आफ्ना बाैद्धिकद्धिक सम्पत्तिहरु कुनै अनधिकृत कम्पनीद्वारा विना इजाजत प्रयोग हुनबाट बचाउनु हाम्रो दायित्व हो’,  एलजीका उपाध्यक्ष तथा बाैद्धिक सम्पत्ति केन्द्रका प्रमुख चो ह्वि जाएले बताए।

 

प्रकाशित: २६ फाल्गुन २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...