सोसल मिडिया कम्पनी फेसबुक हेल्थ फिचरसहितको स्मार्टवाच निर्माण गर्दै

  • Technology Khabar | १ फाल्गुन २०७७, शनिबार
सोसल मिडिया कम्पनी फेसबुक हेल्थ फिचरसहितको स्मार्टवाच निर्माण गर्दै

काठमाडौं ।

फेसबुक इंक अब नयाँ डिभाइस ल्याउन तयार भएको छ । कम्पनीले अब स्मार्टवाच निर्माण गर्दैछ जसले प्रयोगकर्ताहरूलाई सन्देश पठाउन तथा स्वास्थ्य र फिटनेस फिचरहरू पनि प्रदान गर्नेछ।

हालै इन्फर्मेसनले नयाँ डिभाइसको बारेमा सो डिभाइसको बारेमा सीधा जानकारी भएका मानिसहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेकोछ।

सो रिपोर्टकाअनुसार सामाजिक मिडिया जायन्ट कम्पनी अर्को बर्ष नयाँ डिभाइस बेच्ने योजनामा छ । फेसबुक यसअघि नै एप्पल इंक र ह्वावेको प्रभुत्वमा रहेको बजारमा प्रवेश गर्ने योजनामा छ ।

फेसबुकको स्मार्टवाचले सेलुलर कनेक्सनमार्फत काम गर्दछ, रिपोर्टको अनुसार, जसले प्रयोगकर्ताहरूलाई यसको सेवाहरूमार्फत सन्देशहरू पठाउन दिनेछ र स्वास्थ्य वा फिटनेस कम्पनीहरूको सेवाहरू वा हार्डवेयरहरुमा पनि कनेक्ट गर्न दिनेछ।

मेन्लो पार्क, क्यालिफोर्नियामा आधारित फेसबुकले हालैका वर्षहरूमा हार्डवेयरको क्षेत्रमा पनि ध्यान केन्द्रित गरेको छ, जसमा आउन लागेको भर्चुअल रियालिटी हेडसेट अकुलसका साथै भिडियो च्याटिंग डिभाइस पोर्टल रहेका छन् ।

प्रकाशित: १ फाल्गुन २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार