
काठमाडौं ।
भिभो नेपालले वाई १२ एस लन्चको अवसरमा आफ्ना ग्राहकहरुको लागि प्रिबुकिङ्ग स्किम ल्याएको छ ।
यस स्किम अन्तर्गत ग्राहकहरुले प्रि बुकिङ्ग अन्तर्गत रु १००० बराबरको बुकिङ्ग गर्नुपर्नेहुन्छ । बुकिङ्ग गरेका ग्राहकहरुले फेब्रुअरी १४ मा वाई १२ एस मोवाईल प्राप्त गर्न सक्नेछन् भने बुकिङ्ग गर्नेले रु १००० रकम छुट पाउनेछ साथै जसले अनलाईनद्धारा लक्की ड्रमा सहभागी हुन पाउनेछन् ।
लक्की ड्र मार्फत वाई १२ एस तीनजनाले जित्न सक्नेछन् भने १०० जनाले रु २५०० क्यासब्याक पाउनेछन् साथै ५०० जनाले एक महिनाको लागि स्क्रिन रिप्लेसमेन्टको वारेन्टी पाउँनेछन् ।
यसको मूख्य विशेषता भनेको साईड फिन्गर प्रिन्ट, ५००० एमएएच व्याट्रि, कलर तथा डिजाइन रहेको कम्पनीले जनाएको छ ।
प्रकाशित: २६ माघ २०७७, सोमबार