
काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले डिजिटल कारोवारलाई उच्च प्राथमिकता दिँदै नेपालको यातायात क्षेत्रमा पनि क्यूआर मार्फत भुक्तानी लिने कार्यको सुरुवात गरेको छ।
काठमाण्डौं उपत्यका भित्र संचालनमा रहेको नेपाल यातायात ऐक्सप्रेस प्रालिसंग बैंकले सम्झौता गरी क्यूआर कोड मार्फत भुक्तानी लिने कार्य आजबाट सुचारु गरिएको छ ।
उक्त कार्यक्रमको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष भरत राज ढकालले गरे ।
नेपाल यातायातको बसमा यात्रा गर्ने यात्रीहरुले बसमा भएको मुक्तिनाथ बैंकको क्यू आर कोड स्क्यान गरी डिजिटल रुपमा भाडा बापतको रकम भुक्तानी गर्न सक्नेछन् ।
यातायात क्षेत्रमा यो व्यवस्था गर्नाले खुद्रा पैसा सटहीको समस्याबाट मुक्ती पाईने, नोटको हिफाजतमा बृद्धि हुने साथै कोरोनाबाट बच्न पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
प्रकाशित: २० माघ २०७७, मंगलवार